थारु पत्रकार संघ बाँके शाखाको दोस्रो साधारणसभा सम्पन्न

थारु पत्रकार संघ नेपाल बाँके शाखाको दोस्रो साधारणसभा आइतबार यहाँ सम्पन्न भएको छ। साधारणसभामा सांगठनिक प्रतिवेदनमाथि छलफलभ एको थियो। संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीको प्रमुख आतिथ्यमा भएको दोस्रो वार्षिक साधारणसभामा सचिव भगतराम थारुले कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष सुमित्रा चौधरीले आर्थिक प्रगति प्रतिवेदन पेस गरेका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष सर्वहारीले थारु पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तालिमको खाँचो रहेको बताए। थारु पत्रकारलाई पेसामा टिकाइरहन उनीहरुलाई हौसलाको खाँचो रहेको बताउँदै संस्कृति पहिचान बचाउन पनि थारु पत्रकारको भूमिका अहम रहेको बताए।

थारु पत्रकारहरुलाई शसक्त बनाउन थारु समुदायले हौसला प्रदान गर्न आवश्यक रहेको बताउँदै कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु चौधरीले त्यसका लागि आफूले सक्दो सहयोग गर्ने बताइन्। थारु पत्रकार संघले छोटो समयमै थारु समुदायको लागि आर्थिक, सामाजिक तथा राजनीतिक विकासका लागि ठूलो योगदान गरेको उपप्रमुख चौधरीले चर्चा गरिन्।

थारु पत्रकारले थारु समुदायको मौलिक झल्कने जस्ता सह्रानिय कार्य गर्दै आएको नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिह थारुले बताए। थारु समुदाय विगतभन्दा अहिले धेरै अगाडि बढिसकेको कुरामा उनले जोड दिए।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरेले थारु पत्रकारलाई टिकाउन र विकाउन थारु पत्रकार संघको ठूलो भूमिका रहने बताए। बाँकेमा थारु पत्रकार संघले थारु समुदायको विषयबस्तुलाई बचाई राख्न निरन्तर कलम चलाउनुपर्ने उनको भनाई थियो।

संघका बाँके अध्यक्ष विमला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा संघका सल्लाहकार, विश्वराज पछल्डङग्या, कृष्ण चौधरी, सोम डेमनडौरा, प्रेस चौतारी नेपाल बाँके शाखाका सचिव कमल डाँगी, प्रेस क्लव अफ नेपालका जिल्ला अध्यक्ष सावित्रि गिरी, कृषी पत्रकार समुह बाँकेका अध्यक्ष खगेन्द्र दाहाल, मिडिया नेपालका जिल्ला अध्यक्ष हेमन्त चौधरी, थारु कल्याणकारी सभाका जिल्ला सभापति गणेश चौधरी, थारु अधिकारकर्मी चन्द्रबहादुर चौधरी, डव्लुडव्लुजे बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेललगायतले बोलेका थिए।

Leave a Reply

Your email address will not be published.