एपिएफ महिला भलिबल च्याम्पियन, सरस्वती सर्वोत्कृष्ट खेलाडी

नेपाल एपिएफ क्लबले छैटौ सस्करणको रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगितामा च्याम्पियन बनेको छ । पाँच पटकको विजेता शिवम् न्यू डायमण्डलाई आज ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि जितेको थियो ।

पहिलो संस्करणको च्याम्पियन समेत रहेको एपिएफले बिहीबारको फाइनल २५–१८, २५–१८ र २५–१२ ले आफ्नो पक्षमा पारेको छ । यसअघि लामाचौरमा भएको चार फाइनलमा एपिएफ न्यू डायमण्डसँग पराजित भएपनि यसपटक भने टोलीले सुरुआतबाटै खेल नियन्त्रणमा राखेको थियो । एपिएफको यो बषको दोस्रो उपाधि हो । वैशाखमा भएको शेरबहादुर स्मृति कपको फाइनलमा पनि एपिएफले न्यू डायमण्डलाई हराएको थियो ।

त्यसअघि नेपाल पुलिस क्लब प्रतियोगितामा तेस्रो भएको थियो । पुलिसले घरेलु टोली पश्चिमाञ्चललाई ३–१ को सेटमा पराजित गर्यो । पुलिसले पहिलो सेट २५–१८, २५–१९, २२–२५ र २५–२२ ले नतिजा आफ्नो पक्षमा पारेको थियो । नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ५० हजार प्राप्त गरेका छन् । त्यस्तै तेस्रो हुनेले २० हजार र चौथो हुने टोलीले १५ हजार रुपैयाँ पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडी– सरस्वती चौधरी एपिएफ

प्रतियोगिताका उत्कृष्ट खेलाडी
स्पाईकर –प्रतिभा माली शिवम् न्यु डायमण्ड
ब्लकर – पवित्रा विसि पश्चिमाञ्चल
सर्भर– अरुणाा शाही पश्चिम
सेटर– बिनिता बुढा थोकी एपिएफ
लिब्रो – कमला पुन पुलिस
क्विकर– उषा बिष्ट एपिएफ
प्रशिक्षक –ज्ञानेन्द्र विष्ट एपिएफ

Posted Under

Leave a Reply

Your email address will not be published.