लक्ष्मण थारुकी पत्नी भन्छिन्- ‘आशा मारेको छैन, उहाँको रिहाई हुन्छ’

थरुहट नेता लक्ष्मण थारुलाई दुई वर्षअघि भदौ २३ गते भैरहवाबाट नियन्त्रणमा लिएको थियो। टीकापुर घटनामा पक्राउ परेका उनलाई त्यसपछि सिधै कैलाली करागार लगिएको थियो। बीचमा उपचारका लागि भन्दै काठमाडौं केन्द्रीय कारागार बसेपनि नेताहरु भेट्न नआएको भन्दै उनी पुनः कैलाली करागार फर्किए। यो बीचमा उनले विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट राजीनामा गरेको जेलबाटै घोषणा गरे। उनले लिखित राजीनामा पत्र पार्टीलाई पठाए पनि।

टीकापुर घटनामा संलग्नता नै नरहेको उनी जेलमा पर्दा उनका श्रीमती भने हरदम मुर्छित पर्छिन्। गाउँ आउँदा छुट्टै रौनक थप्ने आजकल सुनसान लाग्ने पत्नी पार्वती चौधरीले बताइन्। थारुवानसँगको कुराकानीमा उनले पतिको लागि नेताहरुकहाँ धाउँदा पनि कसैले नसुनेको आरोप लगाइन्। ‘पार्टीका अध्यक्ष विजयकुमार गच्छदार, आफ्नै जिल्ला नेता तथा सांसद रामजनम चौधरी सबैलाई भेटेँ। तर कसैले छोडाउने चासो लिएनन्,’ उनले भनिन्।

एक माघीमा त छुट्ने खबरले उनी गाउँलाई भोज खुलाउन सिकारको व्यवस्था पनि गरेको बताइन्। तर न श्रीमान छुटेर आए न गाउँमा भोज भयो। तैपनि उनले आश मारेकी छैनन्। ‘उहाँ निर्दोष हुनुहुन्छ। घटनामा उहाँ संलग्ना छैन। मलाई आशा छ उहाँ छिट्टै छुट्नुहुन्छ,’ उनले थारुवानसँगको कुराकानीमा भनिन्।

भिडियो हेर्नुस्

Leave a Reply

Your email address will not be published.