कैलालीका थारुहरुले शुक्रबार गुरही पर्व मनाउँदै

कैलालीका थारुहरुले शुक्रबार गुरही पर्व मनाउँदैछन्। पश्चिम थारुहरुले वर्षेनि मनाउँदै आएको यो चाड यस वर्ष साउन १३ गते मनाउने तयारी भइरहेको सखी सञ्जालकी अध्यक्ष इन्दु थारुले जानकारी दिइन्। थारुहरुले परम्परागतरुपले मनाउँदै आएको यो पर्व धनगढीको गुरही चोकमा मनाउने तयारी भइरहेको छ।

गुरही पर्व थारू समुदायको ऐतिहासिक तथा मौलिक पर्व हो। गाउँघरमा व्याप्त रहेको रोग व्याधि हटाउने र गाउँवस्तीलाई रोग मुक्त, सम्मुनत बनाउने यो गुरही पर्वको मुख्य विशेषता हो। गुरही पर्वमा गाउँका चेलीबेटीहरु गाउँ वस्तीको रोगव्याधीको प्रतिमा तथा पुतला (गुरही) गाउँको दक्षिणी दिशामा सेलाउने प्रचलन छ।

संगै पुरुषहरु सेलाएको ती पुतलाहरुलाई चुरकी (एक प्रकारको घाँस) र केराको डाँठलाई सोटा तथा कोर्रा बनाई लैजाने र सेलाएको पुतलालाई पिट्ने गरिन्छ। जसले गर्दा रोगव्याधि वस्तीमा पुनःनपस्ने जनविश्वास पनि कायमै रहको पाइन्छ।

Leave a Reply

Your email address will not be published.