बारा जिल्लालाई एमालेले मात्र समृद्ध बनाउने अध्यक्षको दाबी

नागेन्द्र चौधरी/बारा।

नेकपा एमाले बाराका अध्यक्ष सुन्दर विकले करैयामाई गाउँपालिका कमिटीको बिस्तारित बैठकलाई सम्बोधन गर्दै बारा जिल्लालाई एमालेले मात्र समृद्ध बनाउन सक्ने दाबी गरे। एमालेले जनताको पक्षमा राम्रो काम गरेकाले अबको हुने निर्वाचनमा पनि एमाले नै पहिलो पार्टी हुने प्रस्ट पारेका थिए।

एमाले पार्टीले जनताको माग तथा आवश्यकतालाई बुझि जनताको पक्षमै काम गर्ने भएकाले जनताले पनि एमाले पार्टीलाई रोज्ने उनले बताए।त्यस्तै प्रचार विभाग प्रमुख मनोज पौडेलले सरकारले स्थानीय तहको अधिकार कटौती गर्न लागेको आरोप लगाए। पौडेलका अनुसार संविधानमा उल्लेख भएका अधिकार कटौती गरेर केन्द्र राख्न लागेको बताए।

बैठकले साउन १७ गते विशाल जनभेला गर्ने निणय गरेको छ। कार्यक्रममा प्रदेश कमिटी सदस्य कमला चौधरी, जिल्ला सचिवालय सदस्य विजेन्द्र चौधरी, बिक्रम ठाकुर, जिल्ला सदस्य धनिराम चौधरी, ध्रुब यादव, जिल्ला सल्लाहकार सदस्य मखन पासवान, भुलन चौधरी, रामनाथ चौधरी लगाएतले मन्तव्य दिएका थिए। गाउँपालिका संयोजक दशरथ रामको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन दिनेश चौधरीले गरेका थिए।

Leave a Reply

Your email address will not be published.