निर्वाचित मेयर/उपमेयरलाई थारु महिला सभाको सम्मान

थारु महिला सभा सुनसरीको आयोजना गरेको इटहरी उपमहानगरपालिकाको  साँस्कृतिक भवनमा आयोजित कार्यक्रममा सुनसरी जिल्लाको स्थानीय तहमा थारु समुदायका विभिन्न पार्टीबाट उम्मेदवारी भई विजयी भएका मेयर उपमेयर अध्यक्ष र उपाध्यक्ष लगायतलाई सम्मान गरेको छ ।
यस जिल्लाको १२ स्थानीय तहमध्ये इटहरी उपमहानगरपालिका रामधुनी र दुहवी नगरपालिका तथा बर्जु गाउँपालिकाबाट थारु समुदायबाट विभिन्न पार्टीबाट उम्मेदवार बन्नु भएका बिजयी भएको थिए । थारु नेताहरुको बिजयले थारु समुदायलाई अझ उत्साहित तुल्याएको भन्दै थारु महिला सभाले उनिहरुलाई सम्मानसँगै कार्यकाल सभफलताको शुभकामना सहित सम्मान समेत गरेको छ ।

उक्त कार्यक्रममा थारु नेता रामराज चौधरीले थारु समुदायका तर्फवाट महत्वपूर्ण स्थानीय तहमा बिजयी भएका नेताहरुले आ आफ्नो स्थानीय तहमा रहेका थारु समुदायका जातीय संस्कार संस्कृति र प्राचीन एवम ऐतिहासिक धरोहरहरुको उचित संरक्षण तथा सम्वर्धनमा महत्च्वपूर्ण सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए ।

सोही कार्यक्रममा इटहरी उपमहानगर पालिकाका मेयर द्धारिकलाल चौधरीले इटहरी उपमहानगरको चौतर्फी विकाससँगै थारु समुदायको उत्थानमा आफुले कार्यकालभरि अहोरात्र क्रियाशील बन्ने प्रेरणा मिलेको बताए ।
कार्यक्रममा रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले आफ्नो जित नै जनताको जित भएकाले आफुले पाँच बर्षको अवधिमा जन चाहाना मुताविक अरु विकसित शहरको विकासका मोडल हेरेर काम गर्ने विश्वास मिलेको कुरामा जोड दिर्दै सम्पूर्ण मतदाता नागरिकप्रति आफुले पाएको जनविश्वासको उच्च मुल्याङ्कन गरेर काम गर्ने प्रेरणा मिलेको बताए ।

थारु महिलासभाकी अध्यक्ष सुशिला चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरी लगायतका थारु नेताहरुले पनि आ आफ्ना धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published.