इटहरी उपमहानगरपालिकाको मेयरमा द्वारिकालाल चौधरी विजयी

इटहरी उपमहानगरपालिकामा एमालेमा द्धारिकलाल चौधरी मेयर र उपमेयरमा लक्ष्मी गौतम विजयी भएका छन्। आज बिहान ५ बजे सकिएको मतगणना अनुसार चौधरीले २२ हजार ६८९ मत ल्याएर विजयी भएका हुन्। गौतमले २१ हजार ८४२ मत ल्याएर बिजयी भइन्।
चौधरीका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहितकुमार प्रसाईंले १९ हजार ९८५ र गौतमकी प्रतिद्वन्द्वी कांग्रेसकी बिमला ढकालले १८ हजार ३५२ मत ल्याइन्। मेयरमा विजयी चौधरीको स्थानीय निकायमा यो तेस्रो इनिङ हो। चौधरीले २०४९ साल र ०५४ सालमा हाँसपोसा गाउँ विकास समितिको अध्यक्ष जितेका थिए। इटहरी उपमहानगरपालिका बन्दा हाँसपोसासहित पकली, एकम्बा र खनार मिलेर बनेको थियो।

उपमेयरमा विजयी गौतम लामो समयदेखि पार्टीमा सक्रिय रहेपनि लाभको पदमा पुगेको यो पहिलो पटक हो। इटहरीमा मेयर-उपमेयरसँगै एमालेले आठवटा वडामा जितेको छ। एमालेले वडा नं. २, ४, ५, ९, १८, १९, १३ र १४ वडा जितेको छ।
नेपाली कांग्रेसले प्यानलसहित वडा नं. १, ३, ८, १५, १७ र २० जितेको छ। वडाअध्यक्ष वडा नं. ६, ७, ११, १२ र १६ मा जितेको छ। लोकतान्त्रिक फोरम नेपालले वडा नं. १० वडाअध्यक्षमा जितेको छ।

Leave a Reply

Your email address will not be published.