थारुहरुको गढ बर्दियाको राजापुरमा माओवादीका शिवप्रसाद चौधरी बने मेयर

राजापुर नगरपालिकामा माओवादी केन्द्र मेयर र उपमेयर दुवै पदमा विजयी भएको छ। नेपाली कांग्रेसलाई पछि पार्दै माओवादी केन्द्रका शिवप्रसाद चौधरी मेयरमा ९ हजार ४ सय ९७ र उपमेयरमा मनकला चौधरीले ९ हजार २ सय १९ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम प्रतिद्धन्द्वी नेपाली कांग्रेसका दिपक जंग शाहले ८ हजार ६ सय ६ र उप मेयरमा तारा चौधरीले ८ हजार ५ सय ७० मत प्राप्त गरेका छन्।

कांग्रसले गुलरिया नगरपालिका र गेरुवा गाउँपालिका जितेको छ भने एमालेले बढैया, ठाकुरवावा जितेको छ। यसैगरी माओवादी केन्दले राजापुर, वारवर्दिया र मधुवन नगरपालिका जितेको छ।

Leave a Reply

Your email address will not be published.