लोकतान्त्रिक फोरमको हातबाट फुत्किँदै टीकापुर, माओवादी र एमालेको कडा टक्कर

कैलालीको टीकापुर नगरपालिकाको मतगणना रोचक बन्दै गएको छ। मतगणनाको सुरूदेखि अग्रता लिएको नेपाल लोकतान्त्रिक फोरम तेस्रो स्थानमा पुगेको छ भने माओवादी केन्द्रले अग्रता लिएको छ।

माओवादी केन्द्रका मेयर उमेदवारले ५ हजार ३ सय ५३ मत ल्याएको छ । माओवादी केन्द्रले भन्दा एमाले उमेदवारले ३१ मत मात्रै कम ल्याएका छन्। एमालेको ५ हजार ३ सय २२ मत रहेको छ।

लोकतान्त्रिक फोरमले ५ हजार २ सय ६६ मत ल्याएको छ भने चौथोमा रहेको कांग्रेसले ५ हजार ४८ मत ल्याएको छ । उपमेयरमा भने नेपाली कांग्रेस अगाडि छ । नेपाली कांग्रेसका उपमेयरका उम्मेदवारको ५ हजार ६सय ३० मत रहेको छ । माओवादी केन्द्रको ५ हजार ३ सय २७ मत रहेको छ भने लोकतान्त्रिक फोरमको ५ हजार ८० र एमालेको ४ हजार ८ सय १३ मत रहेको छ।

Leave a Reply

Your email address will not be published.