बर्दियाको बारबर्दियामा दुर्गाबहादुर थारु बने मेयर

बारबर्दिया बारबर्दिया नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा माओवादी उम्मेदवार दुर्गाबहादुर थारु ‘कबिर’ निर्वाचित भएका छन् । विजयी दुर्गाबहादुरले २ हजार ३ सय ९७ मत अन्तरले एमाले उम्मेदवार रामबहादुर चौधरीलाई हराएका छन् ।

माओवादीका दुर्गाबहादुरले ११ हजार ४२ र एमालेका रामबहादुर चौधरीले ८ हजार ६४५ मत पाएको मुख्य निर्वाचन अधिकृत छविन्द्र पराजुलीले जानकारी दिए । तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार परशुराम चौधरीले ८ हजार १९९ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा माओवादीकै अञ्जु दहित विजय भइन्। उनले १० हजार ५ सय ४२ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पुष्पा वलीले ८ हजार ५ सय ४१ मत पाइन्।

Leave a Reply

Your email address will not be published.