फोरम लोकतान्त्रिकको विजयी सुरुवात, नवलपरासीको सराबलमा राधेश्याम चौधरी विजयी

विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम लोकतान्त्रिकले विजयी सुरुवात गरेको छ । नवलपरासीको सरावल गाउँपालिकामा जित दर्ता गराउँदै उसले विजयी सुरुवात गरेको हो।

सरावलमा फोरमका उम्मेदवार राधेश्याम चौधरी कांग्रेस उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन्। फोरमको तर्फबाट विजयी चौधरीले ५०४५ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले ३९१६ मत पाए।

उपप्रमुखमा भने कांग्रेसको पल्लाभारी भएको छ। उपमेयरमा कांग्रेसकी उत्तमा राय ४४५९ मतका साथ विजयी भएकी हुन्।

 

Leave a Reply

Your email address will not be published.