भारतीय एसएसबीद्वारा केशव दहित र अन्तराम थारुलाई पक्राउ गरी जेल चलान

करिब साताअघि घरायसी सामान खरिद गर्न गएका दुई नेपाली युवालाई एसएसबीले पक्राउ गरी जेल चलान गरेको छ । झुठो मुद्दामा फसाएर जेल चलान गरेको भन्दै कुसुम्बाबजारका उद्योगी व्यवसायीले आपत्ती जनाउँदै रिहाईको माग गरेका छन् ।

बर्दिया मधुवन नपा-६ का केशव दहित थारु र अन्तराम थारुलाई भारत तिकोनियाबाट लागूऔषध ओसारपसारको झुठो मुद्दा लगाई मुद्दा दायर गर्दै लखिमपुर खिरी जेल पठाएको हो । तिकोनियाका भारतीय नागरिक जसवीर सिंहले एसएसबीले जर्बजस्ती कोकिन बोक्न लगाई पक्राउ गरेको बताए । उनका अनुसार एसएसबीको जवानले दुई वर्षयता पदोन्नतिका लागि सोझा साझा झण्डै दुई दर्जन नेपालीलाई झुठो मुद्दा लगाई कारागार पठाइसकेको बताए ।

थारुद्वयलाई सीमामा बसेका शादा पोसाकका एसएसबीले तिकोनिया पुगेर औषधि पसलनजिक यो पोका बुझाई दिनु भन्दै पठाएका थिए । त्यो पोका लिएर उनीहरु त्यहाँ पुग्दा एसएसबीले कोकिन बोकेर आएको भन्दै झुठो मुद्दामा फसाएको उनका आफ्न्तले बताए ।

Leave a Reply

Your email address will not be published.