थारुका लागि उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको विशेष प्याकेज घोषणा

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यहाँस्थित थारु जनजातिका लागि विशेष प्याकेज ल्याउने घोषणा गरेका छन्। नेपाल भारत सीमामा रहेको बलरामपुर जिल्लामा थारु गढमा पुगेर उनी थारु समुदायका लागि विशेष प्याकेजको घोषणा गरेका हुन्। उनले त्यहाँ थारु सांस्कृतिको भब्य प्रदर्शनीको अवलोकन गरेका थिए।

उनले थारु सांस्कृतिलाई रमणीय बनाइराख्न विशाल संग्रहालयको आवश्यकता रहेको हुँदा छिट्टै उक्त संग्रहालयको निर्माणको थालनी गर्ने उद्घोयष गरे। उनले त्यहाँस्थित दिनदयाल इन्टर कलेजलाई मान्यता दिएर आधुनिक संशासनसहित वित्तीय सहयोग गर्ने बताए। त्यसले थारु समुदायको छोरीहरुलाई शिक्षित बनाउन सहयोग पुग्ने उनले बताए।

मुख्यमन्त्री आदित्यनाथले यसअघि बन्द गरेको थारुहरुका लागि छात्रवृत्ति पुनःसञ्चालनमा ल्याउने घोषणा गरे। समाज कल्याण विभागद्वार थारु जनवातिको स्वास्थ्य, सडक, विद्युतलगायत समग्र विकासको लागि ठूलो योजना बनाउने उनको भनाई थियो।
सो अवसरमा उनले थारुहरुसँगै भोजन गरेका थिए।

पञ्जाब केशरीबाट

Leave a Reply

Your email address will not be published.