युवाले फेर्न सक्छन देशको मुहार [विचार]

ठाकुरप्रसाद करियाप्रधान (थारु)
कुनै पनि समाजको सम्बृद्धीको मेरुदण्ड भनेको युवा शक्ति हो। त्यस्तो युवा शक्ति जो चेनतशील लगनशील अनि गतिशिल छ। देश विकासको मेरुदण्ड भनेको चेतनशील, लगनशील अनि गतिशील युवाहरु हुन्। चेतनशिल भन्नाले म यहाँ त्यस्तो चेनताको कुरा गरिराखेको छु, जसले आफ्नो समाज अनि परिवेशलाई बुझ्न सकोस, आफ्नो माटोलाई चिन्ने सकोस् र सही बाटो पहिल्याएर हिँड्न र हिँडाउन सकोस्।

लगनशील युवा भन्नाले म त्यस्तो युवाको कुरा गरिराखेको छु जो आफ्नो लागि मात्र सोचेर काम गर्दैन। उसले आफ्नो मानव चेतनाको सही प्रयोग गरेर समाज अनि राष्ट्रको बारेमा सोचेर सही र गलत छुट्याएर काम गरोस्। आजका युवा चेतलनशिल मात्र होइन एक सचेत नागरिकका रुपमा परिचय बनाएका युवा हाम्रा समाजमा धेरै छन्।

भूकम्प पीडितलाई सहयोग गर्ने मात्रै होइन, पीडितहरुको घरको छानो मात्रै पनि होइन, सिंगै नमूना बस्तीको निर्माण गर्ने व्यक्तित्व धुर्मुस र सुन्तली, काठमाडौं शहरलाई व्यवस्थित र विकासमा नेतृत्वको आँट गर्ने रञ्जु दर्शना, देश उज्यालो पार्ने कुलमान घिसिङ, मुक्त कमैया अभियन्ता बसन्ती चौधरीजस्ता यहाँका युवा र व्यक्तित्वहरु एक ज्वलन्त उदारहण हुन्।

यहाँ नगरे कहाँ गर्ने, आज नगरे कहिले गर्ने, मैले नगरे कसले गर्ने। भन्ने उक्तिले ओतप्रोत भएका युवाहरु यहाँ सामाजिक विकास र सम्वृद्धिका लागि युवाहरुले अहम भूमिका निभाउन अग्रसर छन् र सक्छन्। युवाहरु देश विकास र सामाजिक रुपान्तरणका सिपाही हुन, सिंगो विकासदेखि लिएर सामाजिक रुपान्तरणमा उनीहरुको जोश, जागर र केहि गरि खाने र परिवर्तनकारी भावनाले भरिभराउ युवाभित्रको ऊर्जा शक्तिलाई राज्य, राजनीतिज्ञ, नागरिक समाज, व्यवसायीले भरपुर रुपमा प्रोत्साहन गर्नुपर्छ। जसबाट देश र जनताले परिवर्तन र विकासका जटिल नियमहरुलाई प्रयोगको साथै नयाँ सिर्जजनशिल रुपबाट देख्न सकुन। सामाजिक विकास र सम्वृद्ध नेपालको परिकल्पनालाई सकार पर्नका लागि आमजनमानसहरु पनि युवालाई सरिक, अग्रसरता बढाउन र प्रोत्साहन दिन जरुरी छ जुन देशका युवा पंक्तिहरुबाट सहज हुने हुँदा यसतर्फ समाजको पनि ध्यान जानुपर्छ।

युवाहरु जीविकापार्जनको लागि खाडी मुलुकहरुमा मात्र जीवनयापनलाई लिएर ठूलो जोखिम उठाउन बाध्य छन्, जो देश विकासको बाटोमा अत्यन्त घातक छ। युवाहरु जस्तोसुकै जोखिम पनि सहजै उठाउने आँट गर्छन्, यो आँट र जोखिम मात्र जीवनयापनमा सिमित नभई राष्ट्र विकासलाई पनि सहयोग पुग्नेमा आधारित हुनुपर्ने हो। तर आज हाम्रो देशमा ठीक उल्टो भएको छ। अरुको देशको विकासमा हामी युवाहरुले ठूलो जोखिम उठाएबापत जीवनयापनको लागि केही रकम मिल्छ त्यसैमा युवा जोश जाँगर र आफ्नो बुलन्द हौसला नष्ट गर्न बाध्य छौं।

त्यसैले अबको बाटो युवाहरुले लगन, चेतना र गतिलाई आत्मसाथ अनुशासित भएर अगाडी बढ्नुपर्ने साथ साथै भावी पुस्ताको निर्माणमा लाग्नु पर्ने बेला आएको छ। त्यसकारण हामी युवाहरुले आजको दिनहरुमा हरेक विषयको गहनतालाई बुझेर मात्र पाइलाहरु अगाडी बढाउनु जरुरी छ। आजको युग भनेको २१औं शताब्दीको हो। जहाँ चेतनशील अनि सम्बृद्ध समाजको कल्पना गरिएको हुन्छ। त्यो समाज निर्माणको लागि हामीहरु सबै मिलेर हातेमालो गर्दै अगाडि बढ्नुको विकल्प छैन। आजको दिनहरुमा हामीले लिने हरेक निर्णयहरु विवेकशील हुनु आवश्यक छ। बल र शक्ति प्रयोग गरेर क्षणिकरुपमा प्रभाव जमाउन सकिएला तर त्यो दीर्घ हुन सक्दैन। चाप्लुसी गरेर अनि अरुलाई होच्याएर वर्तमानमा केही फाइदा लिन सकिएला तर कुनै कालखण्डमा गएर त्यो शक्ति आफ्नै लागि अभिशाप हुने निश्चित छ।

यहाँ चुनौती पनि धेरै छन् चुनौतीलाई अवसरमा बड्लौं। सम्भावना आफ्नैमा खोजौं, यहाँ अवसर पनि प्रशस्त छन्, अवसरलाई सदुयोग गरौं र सम्भावना युवामा नै निहित छ, युवाले फेर्न सकछ देशको मुहार। त्यसैले उठौ युवा नगर, गाँउ, बस्ती, पाखा पखेरीमा विकासका सन्देश लिएर जाँउ, विकास उद्यमशिलता, रोजगारीन्मुख साझा एजेण्डा लिएर जाँउ, हाम्रा होइन राम्रा सकात्मक सन्देश लिएर जाँउ। स्थानीय विकासका मूल प्रवाहका लागि युवा सहभागिता बढाउँ। अहिलेको देशका अवस्थालाई सुदृढ बनाउन, विकास र समृद्धिमा आयाम थप्न युवाको सहभागिता अनिवार्य छ।

कुनै पनि समाजमा केही पनि भएको छैन भने त्यहाँ सायद युवाको उपस्थिति छैन भन्ने बुझिन्छ। जुन समाजमा युवाको सहभागिता र सम्मान छ त्यहाँ विकास समृद्धिको उच्चतम दर छ। युवा समाजको लागि पानीमा घुलिएको सोडाजस्तै हो जसरी पानीमा सोडा घुलिएमा नांगो आँखाले सोडा देख्न सकिन्न तर पानीको स्वादमा मिठास र परिवर्तन भएको हुन्छ। ठीक त्यसैगरी समाजमा परिर्वतन, शान्ति निर्माण, सुशासन कायम, विकास र समृद्ध समाज निर्माणको लागि युवाको सहभागिता र अग्रसरता छ तर हाम्रा रुढीवादी सामाजिक परिवेशभित्र घोलिएको छ। त्यसैले परिर्वतन र विकासलाई सार्थक बनाउन युवाको सहभागिता निणार्यक तहमा पुग्न जरुरी छ। इद्रेणी नेपाली समाजमा युवा जमात ४०.३८ प्रतिशत जनसंख्या भए पनि अर्थपूर्ण सहभागिता भएको छैन।

युवाहरु राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक रुपमा बधुवा बनाइएको छ। यहाँ युवाहरु चौतारीमा झुन्डाएका मादलजस्तै भएका छन् जो चौतारीमा पुग्यो बजाएर जान्छ। युवा राजनीतिक बधुवा होइन विवेकशिल, सिर्जानशिल समाजको एक सचेत वर्ग हो। अब स्थानिय तहको निर्वाचनमा युवाको आँट, जोश, जागर, लगनशिलतालाई सम्मान गर्ुा नै आजको आवश्यकता हो।

समृद्धि समाज, विकास उन्नती, समानुपातिक समाबेसी अवधारणा, लैगिक समानता, सुशासनयुक्त राजनीतिक संस्कारलाई अगार्दै विकास लागि नेतृत्व दिन चाहने जो सुकै कुनै पनि विचारधाराका होस्, देशका कुनै पनि भेग, क्षेत्र, लिङ्ग र समुदाय, समाजको होस युवालाई प्रतिनिधत्व गर्ने सक्षम, उन्नतशिल, उत्पालनशिल सिर्जनशिल, स्थानीय विकास तथा स्थानिय स्वायत्तः शासन कार्यविधिका जानकार साथै जनअधार, जनलहर र जनमुखी भएका युवा प्रत्यसीहरुलाई अवसर दिनका लागि समाज एकजुट हुनुपर्छ। युवा स्वयं सकात्मक सन्देशका बाहक हुनुपर्ने अवसर छ, यो अवसरलाई परिणाममुखी बनाऊँ।
लेखक युवा अभियन्ता हुन्।

Leave a Reply

Your email address will not be published.