विजय गच्छदार पार्टीका उपाध्यक्ष गोविन्द चौधरीसहित तीन जना राजपामा प्रवेश

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष्य गोविन्द चौधरी राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका छन् । उनीसहित फोरमका केन्द्रीय सदस्यद्वय रामआश्रय चौधरी र सन्तलाल चौधरी पनि राजपामा प्रवेश गरेका छन् । मधेस केन्द्रित पाँच दल मिलेर बनेको राजपाको एकता घोषणा भने आज दिउँसो काठमाडौंमा हुँदैछ ।

उपाध्यक्ष चौधरीसहितका नेताहरुलाई बिहीबार तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले आफ्नै कार्यालय बिजुलीबजारमा पार्टी प्रवेश गराएका हुन् । राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका उपाध्यक्ष चौधरीले कान्तिपुरसँग कुरा गर्दै मधेसी, जनजाति, थारु मुस्लिमहरु अलग अलग लडेर कहीं नपुगेकोले एकीकृत पार्टीमा प्रवेश गरेको बताए ।

गत चैत २३ गते तत्कालीन मधेसी जनअघिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकतापछि नेपाल लोकतान्त्रित्क फोरम निर्माण भएको थियो ।

Leave a Reply

Your email address will not be published.