राजकुमार लेखीले राजेन्द्र महतोसँग पार्टी एकीकरण गर्दै

राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीबीच पार्टी एकता हुने भएको छ। सद्‍भावना पर्टीका सांसद एवं नेता लक्ष्मलाल कर्णले मंगलबार एक समारोहकाबीच पार्टी एकीकरणको घोषणा हुने जानकारी दिए।

नागरिक समाजवादी पार्टीका पदाधिकारीलाई कसरी समायोजन गरेको भन्नेबारे कर्णले केही बताएनन्। ‘पार्टी एकीकरणको कुरा सत्य हो। दुई पार्टीबीच भोलि एकीकरण हुँदैछ। पोर्टफोलियोको कुरा भोलि नै सार्वजनिक हुन्छ,’ कर्णले थारुवानसँग भने।

यसअघि लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीले भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपाल र विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टीबीच एकताको लागि पहल भएको थियो।

लेखीले १३ महिनाअघि २०७२ फागुन २७ गते राजधानीमा पत्रकार सम्मेलन गर्दै पार्टी घोषणा गरेका थिए। त्यसअघि पनि लेखीले राष्ट्रिय नागरिक पार्टी नेपाल गठन गरेका थिए।

Leave a Reply

Your email address will not be published.