पार्टी एकीकरणको अन्तिम गृहकार्य गर्न नेपाल लोकतान्त्रिक फोरम र थरुहटका शीर्ष नेतृत्व बस्दै

पार्टी एकीकरणको अन्तिम गृहकार्य गर्न विजय गच्छदार नेतृत्वको नेपाल लोकतन्त्रिक फोरम र भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी नेपालबीच बैठक बस्दैछ। बैठकमा दुबै पार्टीका अध्यक्षसहित शीर्ष नेताहरु सहभागी हुने बताइएको छ।

बैठकले पार्टीको विधिविधान, अगामी कार्ययोजना र नेताहरुको पोर्टफोलियोबारे छलफल हुने बताइएको छ। त्यस्तै पार्टीको झन्डा, चुनाव चिन्हलगायतको विषयमा छलफल गरी टुंगो लगाउने तयारी रहेको एक नेताले जानकारी दिए।

थरुहट शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयासस्वरुप नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष गच्छदारले थारु पार्टीहरुसँग ब्यापक छलफल गरिरहेका छन्। पार्टीका उपाध्यक्ष रामजनम चौधरी र प्रमुख सचेतक योगेन्द्र चौधरीले थारु नेतृत्वको पार्टीहरुका शीर्ष नेताहरुसँग तीब्र लबिङ थालेका छन्।

जसमध्ये भानुराम नेतृत्वको पार्टी र रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)सँग सकारात्मक वार्ता भइरहेको बताइएको छ। नागगरिक समाजवादी पार्टीका संयोजक राजकुमार लेखीसँग छलफल भएपनि सकारात्मक  नरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published.