प्रहरी महानिरीक्षकमा प्रकाश अर्याल नियुक्त

डिआईजी प्रकाश आर्याल प्रहरी महानिरीक्षकमा नियुक्त भएका छन्। कार्य सम्पादन मूल्यांकनको आधारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई प्रहरी प्रमुखमा नियुक्त गरेको हो।

उनलाई महानिरीक्षक बनाउने विषयमा सत्तारुढ दलहरु कांग्रेस, माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच मत ऐक्यता भएको थियो। केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा राप्रपा अध्यक्ष कमल थापाबीच अर्याललाई महानिरीक्षक बनाउने सहमति भएको थियो।

सरकारले फागुन १ प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई गरेको नियुक्ति सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। अदालतले कार्यसम्पादन मूल्यांकनका आधारमा वरियतालाई आधार बनाएर प्रहरी प्रमुख नियुक्त गर्न सरकारको नाममा आदेश दिएपछि फागुन १ को निर्णय निष्त्र्किय भएको थियो। सो आधारमा सबैभन्दा बढी अंक अर्यालको देखिएपछि सोमबारको मन्त्रिपरिषदले उनलाई महानिरीक्षक नियुक्त गरेको हो।

अर्यालको कार्यसम्पादन मूल्यांकनमा डिआइजी नवराज सिलवालभन्दा अर्याल अगाडि देखिएपछि उनैलाई महानिरीक्षक बनाउन तयार भएका हुन्।

 

Leave a Reply

Your email address will not be published.