थारु साहित्यिक मेलामा जंग्रार साहित्यिक बखेरीको तीन पुस्तक विमोचन हुँदै

चैत १९ र २० गते कैलालीको धनगढी उपमहानगरपालिका, पटेलामा हुने थारु साहित्यिक मेलामा जंग्रार साहित्यिक बखेरीले थारु भाषाको तीन वटापुस्तक बिमोचन गर्ने भएको छ।

कार्यक्रममा युवा गजलकार ठाकुर अकेलाद्धारा लिखित बौंनी गजल संग्रह, शेखर दहितद्धारा लिखित गयर्वा बुडु र २१ जना स्रष्टाहरुको संयुक्त मुक्तक संग्रह बिमोचन हुने भएको हो। सो पुस्तहरुको सम्पादन बरिष्ठ साहित्यकार तथा पत्रकार कृष्णराज सर्वहारी र लेखक सोम डेमनडौराले गरेका छन्।

युवा गजलकार ठाकुर अकेलाद्धारा लेखिएको बौंनी गजल संग्रहमा थारु समुदायको पहिचान र अधिकारसम्बन्धी गजल समाबेश भएका छन्। थारु समुदायमा राजनीतिक पहुँचप्रतिको आवश्यकताका बारेमा गजलकारले सरल शैलीमा गजल लेखेका छन्। यसैगरि शेखर दहितद्धारा लेखिएको गयर्वा बुडु कथा संग्रहमा थारु समुदायको सामाजिक जनजीवनलाई सरल ढंगले देखाउने प्रयास गरेका छन्।

थारु समुदायको परम्परागत अभ्यास, चालचलन्, शिक्षा तथा प्रेम प्रसंगको उत्कृष्ट उठान गरेका छन्। हल्कोरा संयुक्त मुक्तक संग्रह विदेशमा रहेका युवाहरुको पिडाको संगालो हो। उनीहरुले बेरोजगारीको पीडा, विदेशमा भोगका दुःख र सामाजिक परिवेशलाई मार्मिक ढंगले मुक्तकमार्फत प्रस्तुत गरेका छन्।

थारु भाषामा लेखिएका यी तिनै पुस्तककले आधुनिक थारु साहित्यको फरक शैलीलाई अगाडि बढाएको छ। सो पुस्तकको विमोचन भाषाविद् पदम राई र कथाकार रामलाल जोशीले गर्नेछन्।

Leave a Reply

Your email address will not be published.