सप्तरीको घटनापछि रौतहटमा एमाले नेतालाई कालोमोसो दलियो

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले रौतहटमा एमालेका कार्यकर्तालाई कालोमोसो दलेका छन् । सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादवका अनुसार एमाले जिल्ला प्रचार विभाग प्रमुख मणीशंकर निधिलाई कालोमोसो दलेर बजार घुमाइएको छ ।

एमाले प्रचार प्रसार विभाग प्रमुख तथा नेपाल शिक्षक संगठन रौतहट अध्यक्ष मनिशंकर निधीलाई आज आक्रोशित मोर्चाका युवा नेता श्यामविहारी यादव, प्रकाश भाई, ललन यादव, ओमप्रकाश साह, ध्रमेन्द्र यादव लगायतले प्रर्दशन गरिरहेका वेला निधी चिया पसलमा बसी मधेशविरोधी कुरा गरिरहेको आरोपमा मधेश विरोधी भन्दै कालो मोसो दलेका हुन् ।

फागुन २६ गते हुन गइरहेको मेची महाकाली अभियान रौतहटको गरुडामा सफल हुन नदिने भन्दै यो रवैयाले नेकपा एमालेका कुनै नेता र कार्यकताहरुलाई प्रचार प्रसार समेत गर्न नदिने विरोधमा सहभागि मोर्चाका नेताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.