माछा महोत्सवमा पत्रकार दुष्यन्त चौधरी सम्मानित

नागेन्द्र चौधरी/बारा।

बाराको कलैयामा भएको तीन दिने मत्स्य तथा कृषि महोत्सवमा ३६ लाखको कारोबार भएको आयोजकले जनाएको छ। नेपाल मत्स्य ब्यवसायी संघको आयोजनाका भएको तीन दिने महोत्सवमा ४० वटा स्टलहरु राखिएको थियो। माछा मर्ने विभिन्न प्रविधिका समानहरु, अक्सिन मसिन, भेक्टर मेसिन, कृषि, विभिन्न प्रकार जाल, औषधिहरु,  समाग्री, माछाका दाना, उत्पादनमा वृद्धि गर्ने समानहरु, तरकारी फलफूल, मनोरञ्जन गरी ३६ लाखको कारोबार भएको संघका जिल्ला अध्यक्ष जंगबहादुर चौधरीले जानकारी दिए।

करिब ९ लाख रुपैयाको लागतमा सम्पन सो महोत्सवमा ५० हजारभन्दा बढीले अवलोकन गरेको महोत्सव तयारी समितिका संयोजक वीरेन्द्र चौधरीले जानकारी दिए। संघको अधयक्ष जंगबहादुर साहको अधयक्षतामा सम्पन सो समापन कार्यक्रमको प्रमुख अतिथी मत्स्य निर्देशनाय बलाजु काठमाडौंका प्रमुख बैकुन्ठ श्रीवास्तवले गरेका थिए।

महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गरिँदै सरकारले पहिलो फेजमा तराई मधेसको जिल्लामा सुपरजोन कायम गरी माछाको उत्पादनमा वृद्धि गरिनुको साथ साथै पाछा पालनमा समेत किसानलाई उत्साही गर्न कामसमेत गरिरहेको जानकारी दिए।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष मधुसुधन अधिकारी, केन्द्रीय सदस्य अशोक सहनीलगायतले सम्बोधन गरेका थिए। सोही अवसरमा बरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठ, न्युज २४ का मध्यामाञ्चल ब्युरो प्रमुख रमेश सुवेदी,  कान्तिपुर टेलिभिजनका उपेन्द्र ठाकुर, संस्कार खबर पत्रिकाका सम्पादक राजेश कुसवाहा, साझेदारीका कार्यकारी सम्पादक सन्तोष पान्डे, महिला पत्रकार सञ्जालकी अध्यक्ष सृजा थापा, कृपा दैनिकका सम्बादाता दुष्यन्त चौधरी, विश्वास एफएम, संस्कार एफएम, सिमरा एफएम, सर्मपन एफएम, सिमरालाई कदर पत्र प्रदान गरेको थियो। माघ २७ गते देखि सुरु भएको सो महोत्सवको उदघाटन कृषिमन्त्री गौरीशंकर चौधरीले गरेका थिए।

Leave a Reply

Your email address will not be published.