थरुहट थारुवानको राजधानीमा विस्तारित भेला, लेखीले भने- ‘निषेधको राजनीति गरेका छैनौं’

थरुहट थारुवान संयुक्त संघर्ष समितिका सचिवालय सदस्य राजकुमार लेखीले थरुहट थारुवान संयुक्त संघर्ष समितिले निषेधको राजनीति नगरेको स्पष्ट पारेका छन्। राजधानीमा आयोजित विस्तारित बैठकमा सम्बोधन गर्दै उनले भने, ‘हामीले कुनै दललाई वा कुनै नेतालाई निषेध गरेका छैनौं। थरुहट थारुवानको आचारसंहिता उल्लंघन गर्ने केही दललाई कारबाही गरेकामात्र हौं।’

उनले थारु आन्दोलन सफल बनाउन सबैले आ-आफ्नो ठाउँबाट अधिकारको लागि लड्नुपर्ने बताएका छन्। उनले अहिले देशमा भइरहेको स्थानीय चुनावको माहोल बनेपनि थारुहरु अझै त्यसउपर आफ्नो आफ्नो राय दिन नसकेको बताए। त्यसैले पनि यो संघर्ष समितिमार्फत् अब थारु आन्दोलनलाई अगाडि बढाउनुपर्ने उनले बताए।

बैठकमा थारु कल्याणकारिणी सभा युवा सभाका अध्यक्ष कानुनलाल चौधरीले बिना एकीकृत थारु आन्दोलन सफल नहुने बताएका छन्। उनले सबैले आ-आफ्नो जिम्मेवारी गहनरुपमा निभाउनुपर्न बताए। त्यसो नगरिए सेलाइसकेको थारु आन्दोलन अन्ततः पूर्णरुपले सकिने बताए।

उनले सम्बन्धित विज्ञहरुलाई बोलाएर थारुका मुद्दा उपर छलफल गराउनुपर्ने बताए। निषेधको राजनीतिबारे गरेको बारे उनले थरुहट थारुवान संयुक्त संघर्ष समितिले केहीलाई कारबाही गरेपनि नयाँ दललाई समावेश पनि गराएको उल्लेख गरे। ‘समितिले एक दललाई कारबाही गर्‍यो भन्नेतिरमात्र नजाउँ किनकि यसमा नयाँ दल पनि समावेश भएका छन्,’ उनले भने।

उनले थरुहट तराई पार्टी नेपाललाई कारबाही गरेको भए पनि किशोर विश्वासको पार्टीलाई समितिमा समावेश गराएको बताए।

बैठकमा सहभागीहरुले आफ्नो राय दिइरहेका छन्।

Leave a Reply

Your email address will not be published.