सुरज चौधरी।
त्यो निशा, त्यो जमिनदारी, त्यो अन्धकार।
निरंकुशता सहन्न
अत्याचार सहन्न
परिवर्तनका निम्ति लडिरहन्छ
थारु क्रान्तिकारी।।
झुठोखेती गर्दैन।
किसान, कुल्लीज्यामी, मिस्तरी मजदुर
रिक्सा चालक ऊ
थारु देश निर्माणकारी
परिवर्तनका निम्ति लडिरहन्छ
थारु क्रान्तिकारी।।
मातृभाषा बिर्सेको छैन।
लेहगाचोली, डेलुवा फेरुवा, दंगहा देउखरिया
संस्कृति परम्परा छ
थारु संस्कृति सरंक्षणकारी
परिवर्तनका निम्ति लडिरहन्छ
थारु क्रान्तिकारी।।
उचनिच हेर्दैन।
साथीसंगी, मायापिरिम, विहेबारी
स्वतन्त्र निजी सम्बन्ध छ
थारु अग्रगामी
परिवर्तनका निम्ति लडिरहन्छ
थारु क्रान्तिकारी।।
नाक छालाको घमण्ड कहाँ ?
मंश खाने साकाहारी, सुनपानी छर्कने ब्राहहमणबाद
इमान नै ब्रहामनत्वको प्रमाण छ
थारु द्रूतगामी
परिवर्तनका निम्ति लडिरहन्छ
थारु क्रान्तिकारी।।
छुवाछुत मान्दैन, छाउपडी जान्दैन।
मेलमिलाप, सहअस्तित्व र रीतिरिवाज
अनेकतामा एकताको बास छ
थारु समाजवादी
परिवर्तनका निम्ति लडिरहन्छ
थारु क्रान्तिकारी।।
निरंकुशता सहन्न।
रगत दियो, लोकतन्त्र गणतन्त्र लियो
सपना देख्छ छोप्छ
थारु परिवर्तनकारी
परिवर्तनका निम्ति लडिरहन्छ
थारु क्रान्तिकारी।।