सरकारमा जाने हल्लापछि फोरम लोकतान्त्रिकमा खैलाबैला

फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानसहित सुुचना तथा संचार मन्त्रीको रुपमा सरकार सहभागी हुने चर्चासंग सो पार्टीभित्र विवाद चर्किएको छ ।
फोरम लोकतान्त्रिका महासचिव रामजनम चौधरीले अध्यक्ष गच्छदारलाई मुद्दाका विषयमा टुुङगो नलागेसमम सरकारमा जान नहुने तर्क अघि सारेपछी गच्छदार समस्यामा परेका हुन । चौधरीको कुरामा उपाध्यक्ष जीतेन्द्र देव लगायतका मधेशी मुलका नेताहरु समेत सहमत भएपछी पार्टीभित्र गच्छदार एक्लै परेका हुन ।

प्रधानमन्त्री पुुष्पकमल दाहालले गच्छदारलाई उपप्रधान तथा संचार मन्त्री बनाउने लोभ देखाएपछी उनी सरकारमा जान तयार भएर बसेका थिए ।

मंगलबार महासचिव चौधरीसहितका नेताहरुले सरकारले पाँच नम्बर प्रदेशको सीमा हेरफेर गर्न हुने तर सात नम्बरबाट कैललाली र कन्चनपुरलाई किन अलग गर्न नहुने भन्दै गच्छदार समक्ष आक्रोश पोखेका थिए । उनिहरुले सात नम्बर प्रदेशबाट कैलाली र कन्चनपुरलाई अलग नगरेसम्म सरकारमा सहभागी हुन नहुने अडान राखेपछी गच्छदारले फेरी एकपटक कुरा गर्नु भनेको सो पार्टीका एक नेताले जनाए । चौधरी लगायत पश्चिमका थारु नेताहरुले आफुहरुको कुरालाई बेवास्ता गरेर सरकारमा गए पार्टी विभाजनबाट कसैले रोक्न नसक्ने चेतावनी समेत दिएका थिए ।

महासचिव चौधरीले आफुहरुले गच्छदारलाई विना एजेण्डा सरकारमा जान नहुने कुरा अवगत गराएको स्वीकार गरे । उनले भने ‘जबसम्म कैलाली र कन्चनपुर पाँच नम्बर प्रदेशमा गाभिदैन तबसम्म हामीहरु सरकारमा सहभागी हुदैनौँ । यो बटमलाइन हो । ’

Leave a Reply

Your email address will not be published.