अग्निपीडितलाई विवेकशील र प्रवासी थारु समाज मलेसियाद्वारा सहयोग

विवेकशील थारु युवा समूह र प्रवासी थारु सेवा समाज मलेसियाले अग्निपीडितलाई सहयोग गरेका छन्। मोरङ लखन्तरी-७ का अग्निपीडित नारायण माझी, चन्द्र नारायण माझी, सुर्य नारायण माझी र ललित ठाकुरको परिवारलाई उनीहरुले सहयोग गरेका हुन।

विवेकशीलका सदस्य लक्ष्मण हजारीका अनुसार चारवटै परिवारलाई एक एक थान सिरक, पचास पचार किलोको चामल,  भुजा, हुन्डी, कराही, तन्नालगायत सामग्रीहरु प्रदान गरिएको हो।

उनीहरुको टोली पीडितकहाँ गएर राहत उपलब्ध गराएका हुन्। कतारका पुरन चौधरी, डिएन चौधरी, अमितकुमार चौधरी, कुमार चौधरी, लव चौधरी, ज्ञान चौधरी, साउदीका माझी धनपत, लक्ष्मण हजारी र थारु प्रवासी समाज मलेसयाका अध्यक्ष आरएन चौधरीले आर्थिक सहयोग उपलब्ध गराएको थियो।

विवेकशीलले यसअघि पनि विभिन्न समाजिक काम गर्दै आएको छ। त्यस्तै हालै गठित थारु प्रवासी मलेसिया समाजले पनि विभिन्न समाजिक कामको थालनी गरेको छ।

Leave a Reply

Your email address will not be published.