कृषिमन्त्रीको सम्पत्ति : ५ तोला सुन, ४ बिगा बढी जग्गा र धनगढीमा चार वटा घर 

कृषिमन्त्री गौरीशंकर चौधरीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। विवरणअनुसार उनको गृहजिल्ला कैलालीको सदमुकाम धनगढीमा ४ वटा घर रहेको छ। जसमा दुइटा पक्की र दुइटा कच्ची छन्। उक्त सम्पत्ति उनले पुर्ख्यौली रहेको उल्लेख गरेको छ।
त्यस्तै मन्त्री चौधरीसँग ४ बिगाभन्दा धेरै जग्गा रहेको छ। जुन पैतृक सम्पत्ति भएको उल्लेख छ। मन्त्री चौधरीसँग पाँच तोला सुन र १० तोला चाँदी रहेको विवरणमा उल्लेख छ। चौधरीसँग नगद १० लाख रहेको विवरण छ। जुन एभेरेष्ट बैंक र वाणिज्य बैंकमा रहेको विवरणमा उल्लेख छ।

त्यस्तै मन्त्री चौधरीसँग दुइटा मोटरसाइकल छन्। दुबै पैतृक सम्पत्ति रहेको उनले उल्लेख गरेका छन्। उनको दस लाख बराबरको पसल पनि रहेको जुन पैतृक सम्पत्ति रहेको विवरणमा उल्लेख छ।

gauri-shnakar-chaudhary-assets-04

gauri-shnakar-chaudhary-assets-03

gauri-shnakar-chaudhary-assets-02

gauri-shnakar-chaudhary-assets-01

Leave a Reply

Your email address will not be published.