मलेसियामा थारुहरुको ‘प्रवासी थारु सेवा समाज’ गठन

मलेसियामा बस्ने थारुहरु भेलाले ‘प्रवासी थारु सेवा समाज’ गठन गरेका छन्। भेलाले आरएन चौधरीको अध्यक्षतामा २२ सदस्यीय कार्यमसति बनाएको छ।

भेलाले उपाध्यक्षमा तिलक थारु (नवलपरासी), महासचिवमा दिपेश चौधरी (दाङ), सचिवमा मनिराम थारु (कपिलवस्तु), सहसचिवमा प्रजेश चौधरी (कपिलवस्तु) छन्। त्यस्तै कोषाध्यक्षमा हरि श्याम चौधरी (बारा), सहकोषाध्यक्षमा चन्द्र नारायण चौधरी थारु (कन्चनपुर), सञ्चार सचिवमा भागवत चौधरी थारु (सप्तरी), राजकुमार चौधरी (रुपनदेही) र अजय चौधरी (बारा) छन्।

त्यस्तै भेलाले सदस्य सचिवमा सुरेन्द्र चौधरी (सप्तरी)लाई जिम्मेवारी दिएको छ। त्यस्तै सदस्यमा चन्द्रबहादुर राजवंशी थारु (बर्दिया), अनिल चौधरी (नवलपरासी), भेषराज चौधरी (रुपन्देही), सुरेशराज चौधरी (बर्दिया), सुभाष चौधरी (बारा), श्याम नारायण चौधरी (दाङ), रामचन्द्र चौधरी (कैलाली), मनोज चौधरी (बारा), उजरनारायण चौधरी (नवलपरासी), प्रमोद चौधरी (दाङ) र अर्जुन चौधरी (रौतहट) छन्।

त्यस्तै संयोजक सल्लाहकारमा रामप्रसाद विश्वास थारु (मोरङ), धनबहादुर चौधरी (रुपनदेही) र वरिष्ठ सल्लाहकारमा राजेशकुमार चौधरी (सुनसरी) र जनक चौधरी (धनुषा) छन्।

नवनिर्वाचित समितिको पहिलो बैठकले टीकापुर कान्डमा जेलबन्दी रहेका थारु परिवारका एक जनालाई पूर्ण छात्रावृत्ति प्रदान गर्ने निर्णय गरेको छ। अध्यक्ष चौधरीका अनुसार एक वर्षकै लागि छात्रावृत्ति प्रदान गरिनेछ।

विगत लामो समयदेखि मलेसियामा काम गर्ने प्रवासी थारुहरुले संगठन विस्तारपछि खुसीयाली साटासाट गरेका छन्। उनीहरुले थारु समुदायको हकहित विकास लागि आफूहरु अग्रसर रहने बताएका छन्।

Leave a Reply

Your email address will not be published.