थारु कल्याणकारीणी सभाले दुई जनालाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरेको छ। बिहीबार बसेको केन्द्रीय सचिवालयको लामो समयदेखि सभामा योगदान गर्दै आएका सुनसरी झुम्का निवासी अधिवक्ता रामराज चौधरी र प्रवासी थारु समाज युएईमा लामो समयदेखि सामाजिक योगदान गर्दै आएका सप्तरी लटियाही निवासी रामभुवन चौधरीलाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरेको हो।
थारु कल्याणकारिणी सभाको केन्द्रीय सल्लाहकारमा दुई जना मनोनीत
