थरुहटका कैलाली प्रवक्ता माधव थारु दुर्घटनामा

थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारु दुर्घटनामा परेका छन्। गएराति उनी चढेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ। उनको उपचार अहिले बाँकेस्थित कोहलपुर मेडिकल अस्पतालमा भइरहेको छ।

उनी कैलालीका होनहार युवा नेता मानिन्छन्। थारु समुदायको हकहित र थारु मुद्दाका लागि उनी सधैं अग्रसर रहन्छन्।

Leave a Reply

Your email address will not be published.