थरुहट आन्दोलनकारी बन्दीलाई बलाङ्केट वितरण

पूर्पपक्षका लागि कैलाली कारागारमा राखिएका टीकापुर घटनाका अभियुक्तहरुलाई बलाङ्केट प्रदान गरिएको छ। सभासद डा. गोपाल दहित र थरुहट/थारुवान संयुक्त संघर्ष समिति बर्दियाको सहयोगमा २५ थान ब्ल्याङ्केट प्रदान गरिएको हो। कारागारमा रहेका थरुहट आन्दोलनकारी कैदीहरुलाई जाडो छल्न सजिलो होस भनेर बलाङ्केट उपलब्ध गराइएको हो।

कैदी लक्ष्मण थारु र राम प्रसाद चौधरीलाई संयुक्त रुपमा उक्त बलाङ्केट हस्तान्तरण गरिएको छ। थरुहट तराई पार्टीका केन्द्रिय कोषाध्यक्ष खडक चौधरी, केन्द्रिय सदस्यद्वय देवमान चौधरी, रामप्रसाद चौधरी, अधिवक्ताद्वय जोहारीलाल चौधरी, महादेव रत्गैया र थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारुले कारागार पुगेर ब्लाङ्केट हस्तान्तरण गरेका थिए।

थरुहट आन्दोलनका क्रममा गतवर्ष भदौ ७ गते नौ जनाको ज्यान जाने गरी टीकापुरमा हिंसात्मक घटना घटेको थियो। घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका आन्दोलनकारीहरुलाई कैलाली कारागारमा राखिएको छ।

Leave a Reply

Your email address will not be published.