बन्धुराम र हरिराम चौधरीलाई उत्कृष्ट राष्ट्रपति पुरस्कार

जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले जिल्लाका तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट ३६ औँ विश्व खाद्य दिवसको अवसर पारी मङ्गलबार पुरस्कृत गरेको छ । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकामा रहेको कृषि सेवा केन्द्रमा कार्यक्रमको आयोजना गरी तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेमा बेलौरी नगरपालिका–२ का माछापालक कृषक बन्धुराम चौधरी, कृष्णपुर नगरपालिका–९ का तरकारी कृषक हरिराम चौधरी र वेदकोट नगरपालिका–९ का कुखुरापालक कृषक अम्वादत्त अवस्थी छन् ।

पुरस्कृत हुने तीनैजना कृषकलाई जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले नगद रु १० हजार र प्रमाणपत्रसहित कार्यक्रममा पुरस्कृत गरेका थिए।

Leave a Reply

Your email address will not be published.