कडा मेहनत र परिश्रमले उपाधि जित्यौं : आदित्य चौधरी

नेपाली फुटबल टोलीका डिफेन्डर आदित्य चौधरीले कडा मेहनत र परिश्रमले एएफसी सोलिडारिटी कपको उपाधि जित्न सफल भएको बताएका छन्। मकाउविरुद्धको फाइनल खेलमा नेपालले १-० गोलले पराजित गर्दै उपाधि कब्जा गरेको थियो। आदित्यले फेसबुकमा कडा मेहनत र परिश्रमले उपाधि जित्न सफल भएको उल्लेख गरेका छन्।

‘देशको गौरवको निम्ति इतिहास रच्नको निम्ति खेलमैदानमा भिडेर देशको सान उचो बनाउन पाउँदा आज धेरै खुशी छु। अनि गौरववान ठानेको छु,’ उनले लेखेका छन्, ‘हाम्रो जितको निम्ति समर्थन, साथ र हौसला दिने अनि जितको शुभकामना दिनुहुने सम्पुर्ण शुभचिन्तकहरुप्रतl हार्दिक आभार प्रकट गर्छु।’

Leave a Reply

Your email address will not be published.