प्रहरी र अज्ञात समूहबीच गोली हानाहान, प्रहरी जवान सुरेन्द्र चौधरी घाइते

रौतहटको लालबकैया खोलाको बाँधमा प्रहरी र अज्ञात समूहबीच गोली हानाहान भएको छ। मध्यमाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएका प्रहरीमाथि आज बिहान अज्ञात समूहले गोली चलाएको थियो। लगत्तै प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो।

प्रहरीको जवाफी फारिङमा परी एक जना घाइते भएका छन्। उनको पहिचान खुल्न सकेको छैन। यता एक जना प्रहरी जवान सुरेन्द्र चौधरी पनि घाइते भएका छन्। उनको खुट्टामा गोलीको छर्रा लागेको बताइएको छ। दुवै जनाको उपचार जिल्ला अस्पताल गौरमा भइरहेको जिल्ला प्रहरी कार्यालयकाट प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए।

अज्ञात समूहले छाडेर भागेको स्वचालित हतियार र केही दस्तावेज वरामद भएको पासवानले जानकारी दिए। गम्भीर घाइते भएका ती समूहका ब्यक्तिको पहिचान खुल्न नसकेकाले अनुसन्धानमा कठीनाई भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीका अनुसार सबै नाकाहरुलाई प्रहरी अलर्ट गरिएको छ।

Leave a Reply

Your email address will not be published.