बारामा ओली समर्थक सुन्दर विश्वकर्मा अध्यक्षमा निर्वाचित, उपाध्यक्षमा देवनारायण चौधरी

सात वर्षपछि भएको नेकपा एमाले बाराको ९औं जिल्ला अधिवेशनबाट सुन्दर विश्वकर्मा अध्यक्ष पदमा निर्वाचित भएका छन्। माधव नेपाल र झलनाथ खनाल खेमाबाट उम्मेदवारी दिएका विश्वकर्माले एमालेका अध्यक्ष केपी ओली खेमाबाट उम्मेदवारी दिएका रबिन्द दास श्रेष्ठ भन्दा ७८ मत बढी ल्याएर बिजयी भएको एमाले बाराले जनाएको छ।

निर्वाचनमा खसेको तीन सय ८४ मत मध्ये अध्यक्ष पदमा बिजयी विश्वकर्माले दुई सय २३ मत ल्याएरको एमाले बाराका युवा नेता सुभाष साहले बताएका छन्। उनका निकटम प्रतिद्वन्द्वी रबिन्ददास श्रेष्ठले एक सय ५४ मत ल्याएका साहले बताए ।

असोज १२ र १३ गते अधिवेशनको उदघाटन सत्र गरिएपनि आन्तरिक विवादले गर्दा निर्वाचनलाई सारेर कात्तिक ६ र ७ गते गरिएको साहले बताए। निर्वाचनबाट छानिएका ७१ जना कार्य समितिको उपाध्यक्षमा देवनारायण चौधरी, सचिबमा मोहम्मद समिउल्लाह, सहसचिवमा राजन्द्र कलबार लगायतका अधिकाँश माधव नेपाल र झलनाथ खेमाका रहेका छन्। शनिबार दिउँसोबाट सुरु भएको निर्वाचनको मतगणनाको परिणाम सोमबार विहान ४ बजे सार्वजनिक भएको हो।

Leave a Reply

Your email address will not be published.