नासपाको दुई दिने भेला सम्पन्न, तीन जना केन्द्रीय सदस्यमा मनोनीत

नागरिक समाजवादी पार्टी (नासपा)को दुई दिने प्रशिक्षण भेला सम्पन्न भएको छ। रौतहटको चन्द्रपुरमा सम्पन्न भेलाले तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

सिरहाका संजय चौधरी, बाराका घनश्याम चौधरी र दाङका मणि चौधरीलाई केन्द्रीय सदस्यमा मोनीत गरेको पार्टीले जनाएको छ। त्यस्तै भेलाले विनय चौधरीको संयोकत्वमा पार्टीको युवा फ्रन्ट गठन गरेको छ।

पार्टी संयोजक राजकुमार लेखीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नासपा जनतालाई रैती ठान्ने परम्परागत राजनीतिक पार्टी नरहेको स्पष्ट पारे। नासपाले नेपालमा सार्वभौम सम्पन्न नागरिक भएको समाजवादको कल्पना भएको र मूलधारको एकमात्र नयाँ राजनीतिक शक्ति रहेको ठोकुवा उनले गरे।

भेलामा पार्टीका केन्द्रीय सदस्य, जिल्ला संयोजक, नगर/गाउँ कमिटिका पदाधिकारी, नागरिक विधार्थी फ्रन्टका संयोजकलगायतको उपस्थिति थियो। भेलामा डा. कृष्ण भट्टचन र ज्योति दनुवारले प्रशिक्षण दिएका थिए।

Leave a Reply

Your email address will not be published.