डा. गोविन्द केसीको मागमा सांसद चौधरीको ऐक्यबद्धता

नेपाली कांग्रेसका नेता एवं सांसद सुरेन्द्र चौधरीले डा. गोविन्द केसीले उठाएका मागप्रति ऐक्यबद्धता जनाएका छन्। अनशनको छैठौं दिन शनिबार स्वास्थ्य सेवा र शिक्षाका लागि उनले उठाएका माग पूरा गर्न प्रमुख दल नै मौन रहेको अवस्थामा आफूले भ्रष्टाचारविरुद्ध अभियानमा नेतृत्व लिने दृढता चौधरीले व्यक्त गरे।

‘गोविन्द केसी ऐक्यबद्धता गठनबन्धन’ को आह्वानमा राजधानीमा शनिबार आयोजित र्‍यालीपछिको कोणसभामा चौधरीले देशमा व्याप्त भ्रष्टाचार अन्त्यका लागि पहलकदमी लिनुको विकल्प नभएको बताए।

बजेटको आधा पनि तोकिएको काममा खर्च नहुने र अधिकांश रकम कमिसनमा सकिने गरेको उनले बताए। ‘नेता, कर्मचारी, सचिव सबै भ्रष्ट छन्,’ चौधरीले भने। ग्रामीण क्षेत्रमा अहिले पनि ज्वरो आउँदा सिटामोल र पखाला लाग्दा ‘मेट्रोनिनाजोड नपाएर थुपै नेपालीले ज्यान गुमाइरहनुपरेको भन्दै यस्तो अवस्थामा डा. केसीको माग सान्दर्भिक भएको बताए।

उनले अहिले पनि घुसखोरी र कमिसनकै भरमा विशेषज्ञ र बिरामी नभएका मेडिकलले उच्च विशेषज्ञ सुपरस्पेसियालिटी तहको कोर्स पढाइरहेको बताए। गठबन्धनका संयोजक डा. जीवन क्षत्रीले डा. केसीले उठाएका चिकित्सा शिक्षासँग सम्बन्धित माग पूरा गर्न केही आशालग्दा प्रयास भएको भन्दै सुशासनको विषयमा उठाएका कुरा अझै पूरा हुन सकेको बताए।

Leave a Reply

Your email address will not be published.