मुक्तकमैया समस्या समाधान आयोगमा बसन्ती चौधरी

लखन चौधरी/धनगढी।

मुक्तकमैया समस्या समाधान आयोगको केन्द्रीय सदस्यमा बसन्ती चौधरी नियुक्त भएकी छिन् । भूमी सुधार तथा व्यवस्था मन्त्रालय अन्तगरगत उक्त आयोगको हालैको मन्त्री स्तरीय निर्णयानुसार उनलाई कैलाली जिल्लाबाट केन्द्रीय सदस्यमा तोकिएको हो । उनी भन्दा पहिेले कैलाली जिल्लाबाट आयोगको केन्द्रीय सदस्यमा दिपु चौधरी रहेका थिए ।

लामो समयदेखि मुक्तकमैया, हलिया पुनस्र्थापना र मानवअधिकारको क्षेत्रमा क्रियाशिल उनी केन्द्रीय सदस्यमा नियुक्ति पश्चात थप जिम्मेवारी र हौसला मिलेको बताइन् । मुक्तकमैया पुनस्र्थापनाको कामलाई निष्कर्षमा पु[याउन कुनै कसर बाँकी नराख्ने बताउँदै उनले लगत्तै पूर्वकमैया वस्ती र अवस्थावारे अनुगमन गराउँने र पुनस्र्थापनाको लागि आयोगलाई दवाव सिर्जना गर्ने उल्लेख गरिन् ।

त्यस्तै उनले जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जग्गा व्यवस्थापन र स्थानीय विकास अधिकारीको संयोजकत्वमा रहेको मुक्तकमैया पुनस्र्थापना समितिले मुक्तकमैयाबीच तकराव र तनावको अवस्था सिर्जना गरेको दाबी गर्दै उक्त दुवै समितिलाई समायोजनको लागि पहल गर्ने र पुनस्र्थापनाको कामलाई र्तािर्कक निष्कर्षमा पु¥याउने योजना सुनाइन् । उनी कमैया प्रथा उन्मुलन समाज कैलालीकी अध्यक्ष पनि हुन् ।

हाल कैलालीमा एक हजार ३७७ जना मुक्तकमैया पुनस्र्थापना हुन बाँकी रहेका छन् ।

Leave a Reply

Your email address will not be published.