थारु विद्यार्थीको अध्यक्षमा चन्द्रप्रसाद चौधरीको उम्मेदवारी घोषणा

थारु विद्यार्थी समाज (थाविस)को छैठौं राष्ट्रिय महाधिवेशनका लागि चन्द्रप्रसाद चौधरीले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्। झन्डै दुई वर्षपछि हुन लागेको छैटौं महाधिवेशन असोज १ र २ गते कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने आयोजकले जनाएको छ।

चन्द्रप्रसाद चौधरी ०५४ सालमा थाविसमा आबद्ध भइ ललितकला क्याम्पसमा इकाइ अध्यक्ष भएका थिए। त्यसपछि उनी काठमाडौं उपत्यकाको संयोजक भए। केन्द्रीय समितिको महासचिव पद पनि सम्हालिसकेका उनले अध्यक्ष पदका लागि आफू योग्य भएको बताएका छन्।

निवर्तमान अध्यक्ष रमेश चौधरीले पनि आफ्नो उम्मेदवार अघि सार्ने बताइएको छ। तर अध्यक्षमा कोसलाई उठाउनेबारे एकीन हुन नसकेको रमेश पक्षधरका विद्यार्थी नेताले बताएका छन्।

यसअघि चितवनको सौराहामा असफल भएको छैटौं महाधिवेशनमा चन्द्रप्रसाद चौधरी र शिवप्रसाद चौधरीले अध्यक्षको उम्मेदवारी दिएका थिए। प्रतिनिधि विवादका कारण महाधिवेशन तुहिन पुगेको थियो। यसपाली भने अनुसन्धान गरी प्रतिनिधिको अन्तिम छनौट गरिएको निर्वाचन मण्डलका मीनराज चौधरीले जानकारी दिए।

Posted Under

Leave a Reply

Your email address will not be published.