थारु पत्रकारको राष्ट्रिय भेला पर्यटन नगरी सौरहामा हुने

थारु पत्रकार संघ नेपालको राष्ट्रिय भेला चितनवको पर्यटन नगरी सौरहामा हुने भएको छ। शुक्रबार अध्यक्ष कृष्णराज सर्वहारीको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय भेला भदौ २५ गते सौरहामा गर्ने निर्णय गरेको हो।

भेलाको जिम्मेवारी थारु पत्रकार संघ चितनवका अध्यक्ष कारी महतोलाई दिइएको छ। खबर पाएसँगै तयारी द्रुत गतिमा अगाडि बढेको महतोले जानकारी दिए। राष्ट्रिय भेलामा प्रत्येक जिल्लाबाट दुई जनाको दरले प्रतिनिधि सहभागी हुने  अध्यक्ष सर्वहारीले जानकारी दिए।

त्यस्तै बैठकले दाङका सहसचिव हीरामणि चौधरीको असमायिक निधनप्रति श्रदाञ्जली अर्पण गरेको छ। बैठकले ‘थारु पत्रकारिता पुरस्कार’को लागि अध्यकोष स्थापना गर्ने निर्णय पनि गरेको छ।

अक्ष्यकोष स्थापनाका लागि पूर्वसांसद एवं एमाले नेतृ भगवति चौधरी, नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरी, वकिल महेश्वर चौधरी र संघका स्थापक अध्यक्ष स्वर्गीय जयप्रकाश चौधरीका पत्नी गीता चौधरीले यसअघि नै रकमको घोषणा गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published.