राजधानीमा थाकसको भवन बनाउन कसिए सांसद मानपुर चौधरी

थारु कल्याणकायरिणी सभा (थाकस)को राजधानीमा भवन निर्माण गर्र्नका लागि सप्तरी क्षेत्र १ का माओवादी केन्द्रका सांसद मानपुर चौधरीले एक लाख एक हजार रकम सहयोग गरेका छन्। थाकस काठमाडौं उपत्यका कमिटीका सभापति सत्यनारायण चौधरी (सुमन)लाई उनले चेक हस्तान्तरण गरे।

थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा २००५ सालमा स्थापना भएको इतिहास भएपनि यसको आफनै भवन छैन। स्थापना यता २१औं महाधिवेशन पार गरिसकेको यो संस्था हालसम्म भाडाको घरमै सञ्चालन भइरहेको छ।
चौधरीले हालसम्म थाकसको आफ्नो निजी भवन नहुनु आफैँमा लाजमर्दो कुरा भएको बताए। उनले जहिले पनि राजधानीमा आयोजना हुने थारु समुदायको कार्यक्रममा सहभागीलाई कार्यक्रमस्थल ठम्याउन गाह्रो हुने अनुभव सुनाए।
दोस्रो कार्यकालमा निर्वाचित काठमाडौं भ्याली कमिटीका अध्यक्ष सत्यनारायण चौधरी (सुमन)ले अब थाकस भ्याली कमिटीले नै भवन बनाएर देखाउने र अरुको भर नपर्ने बताए।

Leave a Reply

Your email address will not be published.