थारु गुरुवा जब आगोमा नाचे…

आफ्नै मौलिक पहिचान रहेको आदिवासी जनजाति थारु समुदायका गुरुवाले आगोमा नाचेका छन् । थारु वस्तीमा साउन महिनामा मनाइने हरेरी पूजाको क्रममा गुरुवा (धामी) ले आगोमा नाचेका हुन् ।

कैलालीको पवेरा–६ बैजपुरका स्थानीयहरुले सोमबार र मंगलबार गरी दुई दिनसम्म उक्त पूजा गरे । धान बालीमा रोगब्याधी, किरा फट्यांग्रा नलगोस् भन्ने उदेश्यका साथ मनाइने हरेरी पूजाको क्रममा गाउँका केसौका (गाउँको सहायक धामी) दिलबहादुर चौधरीले गुरुवाहरुको समूहको मन्त्रले बलिरहेको गुइठाको आगो ननिभुन्जेलसम्म आगोमा नाचेका थिए ।

यतिबेला पश्चिमा थारु वस्तीमा हरेरी पूजा भैरहेको छ । जून पूजा गरेपछि धान बाली सप्रिने जनविश्वास थारु समुदायमा रहदै आएको छ ।

Leave a Reply

Your email address will not be published.