चितवनको होटलमा युवतीको लास भेटियो

नारायणगढको कलश होटलमा गएराति एक युवती मृत अवस्थामा भेटिएकी छिन् । वडा प्रहरी कार्यालय नारायणगढले दिएको जानकारीअनुसार, भरतपुर उपमहानगरपालिका–१६ मङ्गलपुरकी २७ वर्षीया रीता भुजेल मृत भेटिएकी हुन् ।

प्रहरीलाई खबर भएपछि राति १० बजे घटनास्थल पुग्दा युवती सिरकले छोपेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । होटलमा सँगै एक युवक समेत रहेको र उनको हुलिया पहिचान भइसकेको प्रहरीले जनाएको छ । युवतीको हत्या गरी युवक फरार भएको अनुमान प्रहरीले गरेको छ । रासस

Leave a Reply

Your email address will not be published.