हत्यारालाई छुट दिएको भन्दै सडकमै सुतेर प्रहरीविरुद्ध आन्दोलन

लखन चौधरी/कैलाली

दैजीकी रामदुलारी रानाको हत्यारालाई प्रहरीले मोलमोलाई गरेर छुट दिएको आरोप लगाउँदै आदिवासी जनजाति निकट संघ संस्था र महिला अधिकारकर्मीले महेन्द्रनगरको बीच सडक र प्रहरी कार्यालय गेटमै सुतेर आन्दोलन गरिरहेको छन् ।

नेपाल आदिवासी जनजाति महासंघ कञ्चनपुरको नेतृत्वमा भएको आन्दोलनमा आदिवासी निकट महिला र अधिकारकर्मी महिलाहरुले मंगलवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको मुल गेट र महेन्द्रनगरको मुख्य भिडभाड हुने मदन चोकमा सुतेरै आन्दोलन गरेका हुन् । सयौँको संख्यामा आएका आन्दोलनकारीहरुले थाली बजाएर दोषी प्रहरीलाई कारवाहीको माग राखेको थिए । रामदुलारी हराएकै दिन दैजीका प्रहरीले लापरवाही गरेको उनीहरुको आरोप छ । रामदुलारीको वास्तविक हत्यारालाई प्रहरीले निर्दोष र घटनामा संलग्न नै नभएका व्यक्तिहरुलाई हत्याराको अभियोग लगाएको भन्दै आदिवासी महासंघ लगायत यहाँका अधिकारकर्मी महिलाहरुले प्रहरी विरुद्धमा आन्दोलन गरेको महिला अधिकारकर्मी शारदा चन्दले बताउनुभयो । उनका अनुसार रामदुलारीका घरपरिवार लगायत यहाँका संघ संस्थाहरुले प्रहरीको ज्यादती बिरुद्धमा आन्दोलन गरेका छन् । प्रहरीले गरिबको पक्षमा नबोलेर पैशावालाहरुको प्रलोभनमा परेर गरिब निमुखालाई अन्यायमा पारेको अधिकारकर्मी चन्दको दावी छ ।

नेपाल आदिवासी जनजाती महासंघबा बरिष्ठ सल्लाहकार किर्ती बहादुर थापा मगरले यसरी थारु महिलामाथी निर्मम हत्या हुँदा प्रहरीले पैशाको लोभमा जे गरे त्यो गलत गरेको बताउदै, यहाँको मानव अधिकार, नागरिक समाज चुप बस्नु निन्दनीय भएको टिप्पणी गर्नुभयो । कञ्चनपुरका अधिकारकर्मीहरु पार्टीका कार्यकर्ता भएका कारण उनीहरुले आफु निकट कार्यकर्ताहरुको मात्रै मानव अधिकार हेर्ने गरेको आरोप लगाउनुभयो । रामदुलारी लगायतको थुप्रै घटनामा प्रहरीले मोलमोलाई गरेको उनको आरोप छ । हत्यारालाई कार्बाही, नाबालकको भविश्यको ग्यारेन्टी हुनुपर्ने माग अघि सारेका छन् ।

छिमेकी प्रकाश मल्ल सित प्रेम सम्बन्धमा रहेकी जेठ १८ गते घरबाटै हराएकी रानाको शव २२ गते फेला परेको थियो । उनको एक अढाई बर्षको दुदे बालक टुहुरो भएके छ । रामदुलारीका ससुरा पदम रानाले प्रकास मल्ल परिवारको ६ सदस्यको नाममा किटानी जाहेरी दिएको थियो । प्रहरीले आरोपितहरुलाई आदालत पेश गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने, घटनाको निश्पक्ष छानबिन गरेको दावी गरेको छ ।

Leave a Reply

Your email address will not be published.