प्रेम चौधरीको अध्यक्षतामा थारू पत्रकार संघ कैलाली पुनर्गठन

पहुरा थारू दैनिकका सम्पादक प्रेम चौधरीको अध्यक्षतामा एक कार्यक्रमका बीच सोमबार ११ सदस्यीय थारू पत्रकार संघ कैलाली पुनर्गठन गरिएको छ ।

जसको उपाध्यक्षमा सखी एफएमका स्टेसन म्यानेजर टिआर कठरिया, सचिवमा पहुरा दैनिककै पत्रकार दिनेश दहित, सहसचिवमा हरचाली त्रैमासिक पत्रिकाका प्रकाशक÷सम्पादक सागर कुश्मी रहेका छन् ।

त्यस्तै, सदस्यमा अनलाइन मिडिया थारुनके डटकमका सञ्चालक तथा सम्पादक बालकृष्ण चौधरी, पहुरा दैनिकका प्रमुख समाचारदाता राम दहित, अनुमोदन दैनिकका प्रेम चौधरी, सखी एफएमका वीरबहादुर चौधरी रहेका छन् ।

कोषाध्यक्ष र अन्य दुई जना सदस्यहरुलाई पहिलो बैठकबाट मनोनित गरिने संघका अध्यक्ष प्रेम चौधरीले जानकारी दिए ।

संघका पूर्व कार्यवाहक अध्यक्ष उन्नती चौधरीका सभापतित्वमा भएको पुनर्गठन भेलाका प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारी रहेका थिए ।

Leave a Reply

Your email address will not be published.