विमलकी बहिनीको हत्या अभियोगमा आशिष चौधरीलाई जन्मकैदको मागसहित मुद्दा दर्ता

कावासोती, ६ असार । फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषाको हत्याका अभियुक्त आशिष चौधरीलाई आजीवन कैदको माग गर्दै सरकारी वकिलको कार्यालय नवलपरासीले जिल्ला अदालत परासीमा आज मुद्दा दर्ता गरेको छ ।

सरकारी वकिल रुद्र पन्थीले परिस्थितिजन्य प्रमाणका आधारमा प्रतिवादीमाथि मुद्दा दर्ता गरिएको बताउनुभयो । कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरिएको हो । अदालतले थुनछेकको बहस गरेर प्रतिवादीको बयान लिने र पछि मुद्दा फैसला गर्ने पन्थीले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published.