सिकलसेलका दुई बिरामी भेटिए

थारु समुदायमा मात्र देखा पर्ने सिकलसेलका दुई जना बिरामी कञ्चनपरको झलारीपिपलाडी नगरपालिकामा भेटिएका छन् । झलारी पिपलाडी नगरपालिका–३ का स्थानीय १९ वर्षीय रनु चौधरी र उहाँकी १७ वर्षीया बहिनी रमिता चौधरीलाई उक्त रोग लागेको परिवारजनले जनाएको छ । दाजु र बहिनी दुवै बिरामी भएपछि केही दिनअघि सेती अञ्चल अस्पताल धनगढीमा चेक जाँच गराउँदा उक्त रोग देखा परेको हो ।धनगढीमा स्वास्थ्य परीक्षण गराउँदा सिकलसेल रोग भएको चिकित्सकले बताएको झलारीपिपलाडी आदिवासी जनजाति नगर समन्वय परिषद्का अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । कञ्चनपुर, कैलालीमा सिकलसेलका बिरामी कति छन् भन्ने यकिन तथ्याङ्क छैन ।

यो रोग लागेपछि मानिसको शरीरमा रहेका हँसिया आकारका रक्तकोषिका छिटोछिटो नष्ट हुने चिकित्सक बताउँछन् । यसले फोक्सोको सङ्क्रमण, गर्भपतन, हाडसम्बन्धी रोग, पित्ताशयमा पत्थरी, फियो वृद्धिजस्ता समस्या देखिने चिकित्सकको भनाइ छ ।

सेती अञ्चल अस्पतालबाट हालसम्म ६८ जनाले निःशुल्क सेवा लिइरहेका अस्पतालले जनाएको छ । सरकारले सिकलसेल लागेका बिरामीलाई रु एक लाख बराबरको औषधि उपचारको व्यवस्था गरेको छ । रासस

Leave a Reply

Your email address will not be published.