दुई पक्षबीच कुटाकुट हुँदा जनक चौधरीको मृत्यु

बारा जिल्ला काेल्भी नगरपालिका–१० अगहनवा बस्ने जनक चौधरी र जसु चौधरीबीच भएको कुटाकुटमा गम्भीर घाइते भएका जनकको आज बिहान घरमै मृत्यु भएकोे छ ।

शुक्रबार दिउँसो जनक चौधरी र जसु चौधरीबीच आफ्नो घर आँगन अगाडि फोहर फाल्ने विषयमा झैझगडा भई कुटाकुट हुँदा जसुको बाँसको भाटा प्रहारबाट जनक गम्भीर घाइते भएका थिए ।

घटनापछि जसु चौधरी फरार रहेको प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published.