किशाेर चाैधरी ‘सारिका’।
हुन त आफूलाई राजनीतिको ‘र’ र विषलेशनको ‘व’ थाहा नभएको ठान्छु । तर पत्रकारितामा लामो समयको अनुभव र नाङ्गो आँखाले देखेको राजनीतिक उतारचढाव र रस्साकस्सीको परिदृश्यलाई जस्ताको तस्तै वर्णन गर्न सक्षम ठान्छु आफूलाई । यसर्थ मेरो लेखलाई राजनीतिक विश्लेषन ठानेको छैन, ठान्ने पनि छैन ।
कुरा हो, संघीय गठबन्धनको राजधानी केन्द्रीत आन्दोलनको । संविधानमा असन्तुष्टि जनाउँदै आएका मधेसी मोर्चासहितको संघीय गठबन्धनले सरकारलाई घचघच्याउन जेठ १ गतेबाट शान्तिपूर्ण राजधानी केन्द्रीत आन्दोलनको घोषणा गरे । जारी आन्दोलनमा जे देखियो त्यसलाई नै आत्मसाथ गर्दै आफ्नो विचार राख्ने जमर्को गरेको छु ।
गठबन्धनले पहिलो दिन बृहत ¥याली निकाल्यो । जसमा गठबन्धनमा आबद्ध राजनीतिक दल र भातृ संगठनका प्रत्येकको हातमा झन्डा र निधारमा आ–आफ्नै जातीयता झल्काउने राज्यको परिकल्पना गरिएको फेट्टा थियो । गत शनिबारको दिन अधिकांश कार्यालय बन्द र सबैको बिदाको दिन भएर हुनुपर्छ ¥यालीमा उल्लेख्य जनसहभागिता रह्यो । सायद यही कारण हुनुपर्छ गठबन्धनका नेताहरु जुरुक्क जुरुक्क उफ्रिए । बृहत ¥यालीमा बृहत जनसहभागिता, जब कोण सभामा परिणत भए त्यसपछि नेताहरु उत्साहका साथ भन्दै थिए– सिंहदरबारको एक एक इट्टा भत्काउँछौं । अझै खोक्दै थिए– पूर्व–पश्चिम राजमार्गबाट हजारौको लावालस्कर सिंहदरबारको जरो उखेल्न आउँदैछ । हुन त राजनीतिक परिपाटी नै त्यही भएर हो या नेता भनेपछि जे बोल्न पनि छुट हो । मुखमा जे जे आयो बक्दै गयो ।
यी सब मेरो पत्रकारिताका दौरानमा पुरानो भइसकेको थियो । यसर्थ यी कुराहरुमा विश्वास गर्ने कुनै आधार पनि रहेन, रह्यो त केवल भोलिको लागि प्रतिक्षा अर्थात् जेठ २ । गठबन्धनले पूर्व घोषणाअनुरुप जेठ २ गते भनिएको सिंहदरबार घेराउ बिहानबाट चहलपहल सुरु भयो । कार्यकर्ताको पनि जमघट बढ्दै थियो । उखरमाउलो गर्मीमा कार्यकर्ताको जमघटसँगै सुरु भयो सिंहदरबार घेराउ कार्यक्रम । पहिलो दिनभन्दा संख्यात्मक हिसाबमा केही कार्यकर्ता घटेपनि घेराउ गर्न खासै जनशक्तिको अभाव भने देखिएन । केही कार्यकर्ता र नेता अनामनगर हनुमानस्थानमा बसेर घेराउ गरे भने केही कार्यकर्ता र नेता माइतीघर मण्डलामा बसे ।
संघीय गठबन्धनले त उग्र नै गर्छ भनेर हामीले २५ सय सुरक्षाकर्मी तैनाथ राख्यौ तर गठबन्धनका नेता कार्यकर्ता जम्मा १५ सयको हाराहारीमा, के नै गर्न सक्छ भन्दै प्रहरी प्रशासनका अधिकारीहरुले धााक दिन थाली हाले । यद्यपि पहिलो दिनको आन्दोलन शान्तिपूर्ण वातावरणमा अन्त्य भयो ।
जेठ ३ गते पनि सिंहदरबार घेराउ कार्यक्रम अगाडि बढ्दै थियो । सवारी अवागमन पूर्णरुपमा अवरुद्ध भएपछि सर्वसाधारण त्यही बाटो भएर पैदल हिँडिरहेका थिए । सडक र बाटोभरी आन्दोलनकारी भएकाले पैदल यात्रुहरु आन्दोलनकारीको भिडलाई छिचोल्दै आफ्नो गन्तव्यतिर जाँदै थिए । यस्तै अर्घाखाँचीका रामप्रसाद पौड्याल र प्रकाश अधिकारी पनि काम विशेषले त्यही बाटो भएर जाँदै थिए । जब रामप्रसाद र प्रकाश आन्दोलनकारीको भिडमा पुगे त्यसपछि आन्दोलनकारीले आन्दोलन भाँड्न सादा पोसाकका भिजलान्ते प्रहरी आयो भन्दै निर्घात कुटपिट गरे । कुटपिटबाट पौडेलको आँखामा गम्भिर चोट लाग्यो । अधिकारी त्रिचन्द्र क्याम्पसमा बिए र पौडेल शंकरदेव क्याम्पसमा एमएको विद्यार्थी भएको प्रहरीले पुष्टि गर्यो ।
मधेसको आन्दोलन साम्प्रदायिक हो भन्ने भ्रम चिरी शान्तिपूर्ण तवरले माग पूरा गराउने उद्देश्यले राजधानी केन्द्रित आन्दोलन भएको भनिरहँदा ‘मुखमा राम राम बगलीमा छुरा’ भनेजस्तै भयो भन्दा कत्ति फरक पर्दैन । यसरी उग्रै रुपमा भए पनि दास्रो दिनको सिंहदरबार घेराउ पनि सकियो ।
दुई दिनको सिंहदरबारको घेराउले आक्रान्त बनेको जनजीवनलाई थप कष्ट नदिने हेतुले गठबन्धनको आन्दोलन प्रधानमन्त्री केपी ओलीको निवास बालुवाटारतिर स¥यो । ४ गते संघीय गठबन्धनले प्रधानमन्त्री निवास बालुवाटार घेर्यो । तर आन्दोलन शिथिल अवस्थामा पुगिसकेको थियो । पहिलो दिनबाट दास्रो दिन, दास्रो दिनबाट तेस्रो दिन जसरी कार्यकर्ता घटिरहेको थियो त्यसरी नै चौथो दिनसम्म आउँदा तीन तिहाइ कार्यकर्ता घटिसकेको थियो । कार्यकर्ताको संख्यामा ह्रास आए पनि जसो तसो बालुवाटार पनि घेरेर आन्दोलन जारी नै राख्यो ।
आन्दोलनको पाँचौ दिन अर्थात् जेठ ५ गते आन्दोलनलाई सम्बोधन गर्ने र थप दास्रो चरणको आन्दोलन घोषणा गर्ने कार्यक्रम थियो । आन्दोलनको पाँचौ दिनसम्म आइपुग्दा कर्यकर्ताको सहभागिता झन्डै १५ प्रतिशतमा झरिसकेको थियो । आन्दोलन घोषणा आफ्नो मनोमानी ढङ्गबाट गरेको भन्दै केही दलहरु गठबन्धनबाट अलगसमेत भए, जसले गर्दा नेताहरु पनि निराश भए । यसले गठबन्धनलाई निल्नु न वकल्नु नै बनायो । संघीय गठबन्धनले दास्रो चरणको आन्दोलनस्वरुप राजधानीको विभिन्न १० स्थानमा विरोध सभा गर्ने निर्णय गर्यो । पूर्व घोषित आन्दोलनको रुपमा जेठ ६ गते ललितपुरको पाटन दरबारबाट विरोध सभाको सुरु भयो । जातीय राज्य अनि ९० प्रतिशत नेवार बस्ती केही नभएपनि पाटन दरबार खचाखच त भर्छ भनेर सुरुवात गरेको दास्रो चरणको आन्दोलन । सयौँको संख्यामा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी देखिए पनि गठबन्धनको कार्यकता र नेताहरु मिलाएर एक चौथाई पनि नपुगेको स्पष्ट देखिन्थ्यो । यसरी पहिलो गाँसमै ढुँगा भेटेपछि सुतेको सिंह र ब्वाँसोको कथामा आन्दोलन दाँज्न भ्याए ।
दास्रो चरणको आन्दोलनको दोस्रो दिन बानेश्वरमा विरोध सभाको तय भएको थियो । त्यहाँ पनि पाटनकै हविगत दोहोरियो । आन्दोलनको पहिलो दिन सय प्रतिशत, दास्रो दिनमा ७५ पतिशत, तेस्रो दिनमा ५० पतिशत, चौथो दिनमा २५ प्रतिशत पाँचौ दिनमा १५ प्रतिशत र दोस्रो दिनको पहिलो दिनमा ५ प्रतिशत कार्यकर्ताको सहभागिता देखियो । यसरी आन्दोलन आजसम्म आइपुग्दा आन्दोलनबाट के पायो या आन्दोलनको उपलब्धी के ? कसैको मुर्त जवाफ छैन । २९ वटा दलहरु मिलेर बनेको संघीय गठबन्धनमा आज एक दल बराबर ५ जना कार्यकर्ता जम्मा पार्न मुश्किल छ । तर यही राजधानीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले एक्लैले दश हजारभन्दा बढी कार्यकर्ता जम्मा पार्ने क्षमता राख्छ । हो सधैँ ठग्ने तिमीहरु आज आफैँ ठगिएका त होइनौं ? जसका लागि परिवर्तनका ठूल्ठूला कुरा गर्छौ तिनीहरु नै आज किन तिम्रो साथलाई लत्याउँदै छ ? किन आज अविश्वासको पात्र बन्दैछौं ? कतै तिमीहरुबाट यो कामको पार लाग्दैन भनेर पत्याउन छाडेको त होइन जन जनको प्रश्न छ ?