थारू फिल्म ‘कसम टोहार–२’ निर्माण हुने

kasam_tohar-2

जुनी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको थारू भााषाको फिल्म ‘कसम टोहार’ अर्थात कसम तिम्रोको सफलता पश्चात ‘कसम टोहार–२’ निर्माण हने भएको छ । जुनी फिल्मस् प्रालिले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा एक कार्यक्रम आयोजना गरी कसम टोंहार–२ को शुभ मुहर्त गरेको छ ।

‘देवी देउता हाम्रो सान, थारू भाषा संस्कृति हाम्रो पहिचान, यसको संरक्षण गर्नु सबैको अभियान’ भन्ने मूल नाराको साथ भएको शुभमुहर्त कार्यक्रममा सलिमाको छायांकन यहि बैशाख अन्तिम सातादेखि सुरु हुने जनाइएको छ ।

सामाजिक परिवेश र प्रेम कथामा आधारित फिल्मको पदकथा, निर्माता, निर्देशन सुरज चर्णाबठ्वाको रहेको छ, भने नृत्य निर्देशन भिम अधिकारीको रहेको छ ।

फिल्ममा नयाँ कलाकारहरले पनि डेब्यु (प्रवेश) गरेको निर्देशक चर्णाबठ्वाले जानकारी दिए ।

जुनी फिल्मस्ले आफ्नो सात वर्षको दौरानमा डकुमेन्ट्री फिल्म ‘चलन हमार, टेलिफिल्म घोर कलियुग, फिल्म सच्चा प्यार, ज्यानके बाजी, कसम टोंहार, जिना मोर सहारा जस्ता विभिन्न फिल्म निर्माण गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published.