भारतले थारु संग्रहालयका लागि पाँच करोड सहयोग दिने

India-Nepal Tharu Vela 09

नेपाल र भारतका थारुहरुको दुई दिने राष्ट्रिय सम्मेनले तीन बुँदे घोषणा पत्र जारी गरेको छ। चितवनको सौरहामा बुधबार र बिहीबार भएको प्रथम राष्ट्रिय भेलाले दुई देशमा भएका थारुहरुको राजनीतिक, समाजिक, साँस्कृतिक र शैक्षिक क्षेत्रलाई चौतर्फी विकास गर्न सहकार्य गरेर अगाडि बढ्ने घोषणा पत्रमा उल्लेख छ।
भेलाको उद्घाटन गर्दै नेपालस्थित भारतीय राजदूतावासका कन्सुलर अन्जु रन्जनले दुई देशबीचका थारुहरुमा धेरै सामान्ता भएको बताइन्। उनले नेपाल भारतका मधेसी समुदायमा मात्र नभएर थारु समुदायमा पनि रोटी–बेटी सम्बन्ध रहेको बताइन्। ‘नेपालका मधेसी समुदायमा मात्र होइन्, थारु समुदायमा पनि भारतसँग रोटीबेटी सम्बन्ध छ,’ कार्यक्रममा उनले भनिन्, ‘तराईका धेरै जिल्लाबाट वर्षेनि थारु चेलीहरु भारत भित्रिने गरेको र भारतका चेलीहरु नेपाल भित्रिने गरेको तथ्यांक छ।’

उनले अबका दिनमा दुबै देशका थारुहरुबीच एकता र सद्भाव कायम गरेर अगाडि बढ्नुपर्ने बताइन्। थारुहरु साँस्कृतिका धनी समुदाय रहेको उल्लेख गर्दै त्यसको संरक्षण र सम्वर्द्धन गर्न भारत सरकार इच्छुक रहेको उनले बताइन्। उनले सोही कार्यक्रममार्फत् चितवनमा रहेको थारु संग्रहालायको स्तरउन्नतिका लागि पाँच करोड रुपैयाँ अनुदान दिने घोषणा गरिन्। उनले मेधावी थारुहरुलाई भारतीय छात्रवृत्ति प्रदान गर्न आफूले सक्दो सहयोग गर्ने बताइन्। त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न उनले थारु विद्यार्थीलाई आह्वानसमेत गरिन्। उनले दुबै देशका थारुहरुमा सिकसेल एनेमियाको संक्रमण रहेको बताउँदै त्यसका लागि पनि भारत सरकार सहयोग गर्न तयार रहेको बताइन्। ‘थारुहरुको वंशाणुमा मात्र रहेको सिकलसेलका लागि हामी सहयोग गर्न तयार छौं,’ उनले भनिन्, ‘त्यसका लागि चाहिने परियोजना तपाईँहरुले तयार गर्नुस्।’

India-Nepal Tharu Vela 11

भारत परसोहीया ग्रामका राजकिशोर चौधरी नेपालका थारुहरु आर्थिकरुपमा सबल रहेपनि राजनीतिक अवस्था नाजुक रहेको बताए। उनले भारतका थारुलाई राज्य आरक्षणको व्यवस्था गरेको उदाहरण दिँदै नेपालका थारुहरुलाई पनि राज्यले आरक्षण उपलब्ध गराउनुपर्ने बताए। ‘हामी जनसंख्याको हिसाबले कम भए पनि भारत सरकारले हाम्रो लागि आरक्षणको व्यवस्था गरेको छ। तर नेपालमा थारुहरु चौथो ठूलो जनसंख्या भएपनि हालसम्म छुट्टै आरक्षणको व्यवस्था हुन सकेको छैन,’ उनले भने।

भारत सेरुवाका विजय पावेले आफ्नो पहिचानका लागि दुई देशका थारुहरु एक हुनुपर्ने बताए। उनले पहिचान रक्षाका लागि हरेक क्षेत्रमा सहकार्यको जरुरत रहेको बताए। उनले यस्तो भेला भारतमा पनि जरुरी रहेको बताउँदै छिट्टै नेपालका थारुहरुलाई सहभागी गराएर भेला आयोजना गर्ने बताए।

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले भारत सरकारले थारु समुदायलाई चाहेजति सहयोग नगरेको बताए। उनले मधेसी समुदायजस्तै थारुलाई हरेक क्षेत्रमा सहयोग पुर्‍याउन आग्रह गरे। ‘भारतीय राजदूतावासले अहिलेसम्म कति जना थारुलाई रोजगारी दिएको छ? कति जनालाई वर्षेनि छात्रवृत्ति प्रदान गरेको छ?,’ दूतावासका प्रतिनिधसँग सांसद चौधरीले प्रश्न गरे।

नेपाल-भारत सहकार्य संघ गठन

India-Nepal Tharu Vela 20सम्मेलनले सुरेन्द्र चौधरी (दाङ)को संयोजकत्वमा नेपाल–भारत सहकार्य संघ गठन गरेको छ। दुई देशबीचका थारुहरुको राजनीतिक, समाजिक, साँस्कृतिक, शैक्षिक तथा स्वास्थ्य क्षेत्रको पहिचान गरी एक अर्कालाई सहयोग प्रदान गर्ने उद्देश्यले संघ गठन भएको संयोजक चौधरीले बताए। संघका सदस्यामा महावीर चौधरी(दाङ), मीनराज चौधरी (बर्दिया), इन्दु चौधरी (कैलाली), लक्ष्मी चौधरी र ललित चौधरी (चितवन), मदन चौधरी (बारा), लक्ष्मी चौधरी ( उदयपुर), नन्दु सरदार (मोरङ) छन्।

भेलाले सल्लाहकार समिति पनि गठन गरेको छ। जसमा नेपालबाट सांसद तेजुलाल चौधरी, गोपाल दहित र पूर्व सांसद कृष्णकुमार चौधरी, पत्तु थारु छन्। भारतबाट भने राजकिशोर चौधरी राममनोहर चौधरी, शैलेन्द्र गठवाल, दिपनारायण महतोर र विजय पावे छन्।

कार्यक्रममा दुई देशका करिब तीन सय राजनीतिक, बुद्धिजीवी, युवा र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो।

India-Nepal Tharu Vela 02

India-Nepal Tharu Vela 07

India-Nepal Tharu Vela 06

India-Nepal Tharu Vela 04

India-Nepal Tharu Vela 05

India-Nepal Tharu Vela 03

India-Nepal Tharu Vela 01

India-Nepal Tharu Vela 14

India-Nepal Tharu Vela 12

India-Nepal Tharu Vela 10

India-Nepal Tharu Vela 13

India-Nepal Tharu Vela 15

India-Nepal Tharu Vela 16

India-Nepal Tharu Vela 17

India-Nepal Tharu Vela 18

India-Nepal Tharu Vela 19

India-Nepal Tharu Vela 21

Leave a Reply

Your email address will not be published.